जिबी राईको राहदानी रद्द गर्न आदेश

पोखरा । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा फरार रहेका गीतेन्द्रबाबु (जिबी) राईको राहदानी रद्द गर्न कास्की जिल्ला अदालतले आदेश दिएको छ । शुक्रबार न्यायाधीश हिमलाल बेल्बासेको इजलासले राहदानी रद्द गर्न निर्देशन दिएको हो ।
जिल्ला अदालत कास्कीका स्रेस्तेदार राजन खनालका अनुसार राहदानी विभागमा पत्र पठाएर रद्द प्रक्रिया अगाडि बढाउने निर्णय भएको छ । उनले भने, ‘सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा अदालतमा विचाराधीन अवस्थामा छ । जिबी राई विदेशमा रहेको सूचना प्राप्त भएकाले राहदानी रद्द गरी कानुनी प्रक्रिया अघि बढाउने उद्देश्यले अदालतले अनुमति दिएको हो ।’
जिल्ला प्रहरी कार्यालय कास्कीले सरकारी वकिल कार्यालयमार्फत जिबी राईलाई विदेशबाट पक्राउ गरी नेपाल ल्याउन राहदानी रद्द गर्न माग गर्दै जिल्ला अदालत कास्कीमा पुस २८ मा निवेदन दिएको थियो । पुस २९ कै लागि पेसी तोकिएको भए पनि त्यो दिन निवेदन हेर्न नभ्याइनेमा परेको थियो । जिबी राइ अध्यक्ष रहेको सूर्यदर्शन सहकारीको रकम अपचलन भएपछि सदस्यहरुले उनीसहित रवि लामिछाने लगायतलाई विपक्षी बनाएर जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएका थिए । लामिछाने जिल्ला अदालत कास्कीको आदेशले ६५ लाख रुपैयाँ धरौटीमा छुटेका छन् ।







१८औं हिसान स्पोर्ट्स मिट सुरु : पहिलो दिन भलिबल र बास्केटबलका प्रतिस्पर्धा
वन कुकुरको वासस्थान सुधारका लागि ताङ्तिङमा २५० केजी प्लास्टिक संकलन
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
सुप्रिम सहकारी ठगी प्रकरण : रवि लामिछानेलाई रिहा गर्न उच्च अदालतको आदेश
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया