स्याङ्जाको आँधीखोलामा ट्रिपर दुर्घटना १ जनाको ज्यान गयो

समाधान संवाददाता २०८१ माघ ५ गते १२:४६

पोखरा । स्याङ्जाको आँधीखोला गाउँपालिकामा शुक्रबार राति ट्रिपर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।

Advertisement

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार मृत्यु हुनेमा पर्वत कृश्मा नगरपालिका १४ बस्ने ३७ वर्षीय चन्द्रबहादुर नेपाली छन् ।

दुर्घटना परी ४ जना घाइते भएका छन् ।

घाइते हुनेहरुमा सल्यान सारदा नगरपालिका ७ बस्ने १५ वर्षीय हरि परियार, स्याङ्जा आँधीखोला गाउँपालिका २ ओहिया बस्ने ३३ वर्षीय कमल नेपाली, चितवन राप्ती नगरपालिका ६ भण्डारा बस्ने ४१ वर्षीय प्रकाश विक र सोही ठाउँ भएका ४१ वर्षीय सुमित्रा विक छन् ।

घाइते सबैको क्षेत्रीय अस्पताल गण्डकी पोखरामा उपचार भइरहेको छ ।

Advertisement

शुक्रबार राति आँधीखोला गाउँपालिका ५ कृषिस्थित कृषि ओहिया भित्री कच्ची सडक खण्डमा कृषिबाट ओहियातर्फ जाँदै गरेको ग१क ५१३९ नम्बरको आरम्भ निर्माण सेवाको ट्रिपर दुर्घटना भएको थियो ।

ट्रिपर सडकदेखि अन्दाजी ५० मिटर तल खसेको छ । प्रहरीले घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

तपाईको प्रतिक्रिया