अन्नपूर्ण सीतापोखरीका विद्यार्थीलाई लायन्सको न्यानो कपडा

पोखरा।
लायन्स क्लब अफ पोखरा दर्पणले कास्कीको मादी गाउँपालिका ११ वार्चोकस्थित अन्नपूर्ण सीतापोखरी आधारभूत विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ ।
विद्यालयमा अध्ययनरत ३० जना विद्यार्थीलाई कार्यक्रमका प्रमुख अतिथी मादी गाउँपालिका वडा नम्बर ११ का अध्यक्ष चलचित्र गुरुङ, क्लबका अध्यक्ष लायन विश्व पौडेल,लायन्स क्लब अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ एल नेपालका जोन ३६ का जोनचेयर पर्सन लायन महेन्द्र पौडेलले स्वीटर, टोपी र ट्रयाक सुट वितरण गरे ।
कार्यक्रममा बोल्दै वडाध्यक्ष गुरुङले ग्रामिण क्षेत्रमा रहेका विद्यालयमा विद्याथीको संख्या घट्दै गएकोमा चिन्ता व्यक्त गर्दै, क्लवले गरेको सहयोगले विपन्न वर्गका विद्याथीलाई ठुलो सहयोग पुगेको बताए । लायन्स क्लब अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ एल नेपालका जोन ३६ का जोनचेयर पर्सन पौडेलले आधारभुत सामाग्रीको अभावले कोही विद्यार्थी पनि शिक्षा प्राप्त गर्ने अधिकारवाट वञ्चित हुन नहुने बताए ।
क्लबका अध्यक्ष लायन विश्व पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा लायन्स क्लब अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ एल नेपालका एडिसनल क्याबिनल ट्रेजरर तथा पुर्व अध्यक्ष विजेन्द्र शर्मा पौडेल, रिजन एसका रिजन चेयरपर्सन तथा पूर्व अध्यक्ष लायन राममणि पौडेल, निवर्तमान अध्यक्ष लायन ई किरण केसी, वडा सदस्य बिजय खनाल , विद्यालयका प्रधानाध्यापक लिला खनाल, कार्यक्रम संयोजक दिनेश मणि लामिछाने लगायतले सामाजिक र शैक्षिक क्षेत्रमा लायन्स क्लवले पुर्याएको योगदानको चर्चा गरेका थिए ।
कार्यक्रममा राष्ट्रिय ध्वजाको अभिवादन कोषाध्यक्ष शनि शाक्यले, स्वागत मन्तव्य पूर्व अध्यक्ष तथा रिजन चेयर पर्सन राममणि पौडेलले र कार्यक्रमको सञ्चालन क्लबका सचिव लायन अग्निधर तिमिल्सिनाले गरेका थिए । कार्यक्रममा विद्यालयका विद्यार्थी तथा शिक्षिकाहरुले स्वागत नृत्य प्रस्तुत गरेका थिए ।









पत्रकार भरत कोइरालालाई निट पत्रकारिता पुरस्कार
एनपिएलः चार टोली च्याम्पियन बन्ने दौडमा
मानवसेवा आश्रमका २१ जिल्लामा ३० सेवा केन्द्र
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वअर्थमन्त्री महतसहित ५५ जनाविरुद्ध मुद्दा चल्ने
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
तपाईको प्रतिक्रिया