एसबिआई बैंकद्वारा नेपाल भारत मैत्री संघ, कास्कीलाई सहयोग रकम हस्तान्तरण
समाधान संवाददाता
२०८१ माघ ६ गते २०:०४

पोखरा । नेपाल एसबिआई बैंक लिमिटेडले नेपाल भारत मैत्री संघ, कास्कीलाई ३ लाख रुपैयाँ सहयोग गरेको छ ।
कास्कीको पोखरास्थित नेपाल भारत मैत्री पुस्तकालय सञ्चालन गर्न बैंकले उक्त सहयोग गरेको हो । बैंकका गण्डकी प्रदेश प्रमुख मिनबहादुर गुरुङले संघका अध्यक्ष गोपाल धोजुलाई औपचारिक रूपमा उक्त रकम हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा लेफ्टिनेन्ट कर्नल प्रशान्त सिङ बागेल, बैंक तथा संघका अन्य पदाधिकारीहरू समेतको उपस्थिति रहेको थियो ।
बैंकले १०० शाखा, २२ एक्सटेन्सन काउण्टर, ७ प्रदेश कार्यालय, १९ शाखारहित बैंकिङ सेवा, १२२ एटिएम र १ कर्पोरेट कार्यालय मार्फत सेवा प्रदान गर्दै आएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
सम्बन्धित









गण्डकीबाट रास्वपाको समानुपातिक सूचीमा १० जना समेटिए
निःशुल्क आँखा शिविर स् मोतियाबिन्दुको समस्या उच्च
मुक्तिनाथ–तेताङ चक्रपथ सडक निर्माण
विकट गाउँमा रेन्बो ट्राउटपालन गर्दै पूर्वप्रहरी विकास
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया