मुक्तिनाथ मन्दिरमा सरसफाई

जोमसोम ।
मुस्ताङमा कार्यरत सुरक्षाकर्मीले प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथको सरसफाई गरेका छन् । जिल्ला प्रहरी कार्यालय मुस्ताङ र सशस्त्र प्रहरी बल ३३ नं. गुल्म जोमसोमको संयुक्त आयोजनामा शुक्रबार हिउँदको चिसोयाममा मुक्तिनाथको पूर्ण सरसफाई गरेका हुन् ।
मुक्तिनाथ क्षेत्रमा भक्तजनहरुले अनाधिकृत तवरले मिल्काईएका फोहोरमैलालाई मुस्ताङमा कार्यरत सुरक्षाकर्मीहरुले सरसफाई गरी स्वच्छ सफा तुल्याएका छन् । नेपाल प्रहरी र सशस्त्र प्रहरी बल ३३ नं. गुल्मका ३४ जना सुरक्षाकर्मी लगायतको टोली मुक्तिनाथ मन्दिरको सरसफाई गरेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायव उपरीक्षक (डिएसपी) सूर्यबहादुर बोगटीले जानकारी दिए ।
उनका अनुसार सुरक्षाकर्मीले मुक्तिनाथको पहिलो प्रवेशद्धारदेखि मुक्तिनाथ मुख्य प्रवेशद्धार हुँदै मुक्तिनाथ मन्दिर भित्र र बाहिरको परिसरमा सरसफाई गरिएको हो । सरसफाईकार्यका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीले घरेलु उपकरण साथै लिएर त्यहाँ पुगेका थिए ।
सुरक्षाकर्मीले मुक्तिनाथ मन्दिर, क्लोथ चेन्जिङ रुम, शौचालय, १०८ धाराको परिसर, स्नान कुण्ड र मन्दिरको भित्री र बाहिरी परिसरमा झाडु लगाएर सरसफाई गरेको डिएसपी बोगटीले बताए ।
कुनै बेला मुक्तिनाथ मन्दिरमा भक्तजनले फालेको फोहोर व्यवस्थापन हुन नसकी छरपष्ट हुँदा धार्मिक क्षेत्र मुक्तिनाथ दुर्गन्धित र प्रदुषण बढेको थियो । मुक्तिनाथ पुग्ने कतिपय धार्मिक तिर्थालुले मुक्तिनाथको व्यवस्थापकीय पक्षप्रति कटाक्ष गर्दै प्रश्न गर्ने गथ्र्ये ।
त्यसो त मुक्तिनाथ मन्दिरमा सुरक्षाकर्मी टोलीले बेलाबेलामा मुक्तिनाथ क्षेत्रको सरसफाई गर्ने गरिएको छ । मुक्तिनाथ विकास समितिले २ जना सरसफाईकर्मी कर्मचारी तलब दिएर व्यवस्थापन गरेको भएपनि भक्तजनको चापले गर्दा दिनहुँजसो मुक्तिनाथमा बग्रेल्ती फोहोर जम्मा हुने गरेको छ । मुक्तिनाथमा भक्तजनहरुले पनि जथाभावी फोहोर मिल्काउने परिपाटीले गर्दा मुक्तिनाथमा फोहोर व्यवस्थापन चुनौती हुने गरेको छ ।
हिउँदयाममा पर्यटकको चाप कम हुने भएपनि बर्खायामको मौसममा मुक्तिनाथ मन्दिरको दर्शन गर्न हजारौ श्रद्धालु भक्तजनहरु मुक्तिनाथ पुग्ने गर्छन । राष्ट्रिय गौरवको बेनी—जोमसोम—कोरला सडक सहज भएसंगै मुक्तिनाथमा धार्मिक तिर्थालुहरुको घुईचो बर्सेनी बढ्दै गईरहेको मुक्तिनाथ विकास समितिका कर्मचारी रविन सुवेदीले जानकारी दिए ।
उनका अनुसार मुक्तिनाथमा बर्सेनि ५ लाख भन्दा बढी भारतीय तथा स्वदेश भक्तजनहरु मुक्तिनाथको दर्शन गर्न आउने गरेका छन् । सडक यातायात सहज भएसंगै मुक्तिनाथमा धार्मिक तिर्थालुहरु बढेकाले मुस्ताङको पर्यटन व्यवसायले गति लिन थालेको छ । मुक्तिनाथ दर्शन गर्न मुस्ताङ आउने कतिपय पर्यटक कोरलानाकासम्म पुग्ने गरेको पाईएको छ ।









‘डार्क फाइल’ प्रकरणका नाइके राजकुमार तिमल्सिना पोखराबाट पक्राउ
पल्सर स्पोट्र्स अवार्डलाई रारा चाउचाउको साथ
मापसे गरी पोखरा सडक महोत्सवमा उच्छृङ्खल गतिविधि गर्ने १४ जना पक्राउ
अवैध सामानसहितको बस नियन्त्रणमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया