म्याग्दीमा बिक्न छाडे ठेका र मदानी

बेनी (म्याग्दी) । सदरमुकाम बेनीमा ठेका र मदानी बिक्री गर्न आउनुभएका टीका चुदारा निरास बनेका छन् । बेनीमा जारी आठौँ म्याग्दी महोत्सवमा मेला भर्न आउने दर्शकलाई लक्षित गरेर माघ सुरुदेखि नै बागलुङबाट ठेका र मदानी लिएर म्याग्दी आउनुभएका उनले सोचेअनुरुप सामान बिक्री गर्न सकेका छैनन् ।
गाउँबाट मेलामा आउने सर्वसाधारणमध्ये निकै थोरैले मात्र ठेका र मदानी खरिद गरेको चुदाराले बताए। “केही वर्ष अघिसम्म ठेका र मदानीको माग पुर्याउनै कठिन हुने गथ्र्यो, मेलामा ल्याएका सामान केही दिनमै सकिन्थ्यो, अहिले बेनीमा आएको एक साता भइसक्यो, ठेका र मदानीको बिक्री उत्तिधेरै भएको छैन”, उनले भने ।
गाउँमा गाईभैँसी पाल्नेहरू घट्दै गएको, सिल्टे र प्लाष्टिकका ठेका तथा विद्युतीय मदानीको प्रयोग गर्ने प्रचलनले ठेका र मदानी बनाउने सीप र पेसा सङ्कटमा पर्न थालेको छ । काठको ठेकामा गाईभैँसीको दूध, दही र मोही सङ्कलन गरिन्छ भने ठेकीलाई दूध दुहुन प्रयोग गरिन्छ । पछिल्लो समय काठका ठेकाको विकल्पमा धातुबाट बनेका ठेका बजारमा आउन थालेपछि परम्परागत सीप र काठको उपयोग गरी ठेका बनाउने पेसा अँगालेका समुदायलाई समस्या भएको छ ।
गिठादार काठबाट परम्परागत सीप र औजारको प्रयोग गरेर बनाउने ठेकालाई रु तीन हजारदेखि रु १५ हजारसम्म मूल्य पर्ने गर्छ । बागलुङ नगरपालिका–१२ अमलाचौर बलेवामा घरेलु उद्योगबाट चुदाराले ठेका, मदानी, ठेकी, पुङ, पुचाईसँगै सजावटका लागि साना ठेकीका सामान बनाउँदै आएका छन् । अहिले ६० वर्ष पुग्नुभएका चुदाराले आफूले २० वर्षको उमेरदेखि नै व्यावसायिक रूपमा ठेका बनाउन थालेको बताए।
‘‘बाउबाजेले गरेको पेसालाई मैले पनि निरन्तरता दिएको हुँ, तर मौलिक सीपलाई प्रयोग गरेर ठेका बनाउने पेसालाई सरकारी तवरबाट कुनै सहयोग भएको छैन, गाउँमा अधिकांशले यो पेसा छाडिसकेका छन्, मेरा छोराहरूले पनि अन्य पेसा र रोजगारी गर्न थालेका छन्, हामी पछि गाउँमा यसरी ठेका बनाउने मानिस भेटिदैन”, चुदाराले भने । चुदाराले म्याग्दीमा २०५० को दशकमा लाग्ने तत्कालीन माघेसङ्क्रान्ति मेला तथा २०६० सालपछि लाग्दै आएको म्याग्दी महोत्सवमा काठबाट बनेका ठेकाठेकीका सामान बिक्री गर्न आउने गरेका छन् । रासस







फेदीमा दोभान कप सुरु
‘सृजना कप’ विद्यालयस्तरीय भलिबलको तयारी
पुस ३ गतेदेखि हिसान स्पोर्ट्स मिट
लजी लन्ड्री लाउन्ज सञ्चालनमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया