टेसा पोखराको सभा

पोखरा ।
ट्रेकिङ इक्युपमेन्ट सप एसोसिएसन (टेसा) पोखराले सोमबार २६ औं वार्षिक साधारणसभा आयोजना गरेको छ । सभामा पोखरा महानगरपालिका वडा नं ३१ का वडाध्यक्ष ढकनाथ कँडेलले पर्यटकीय स्थानमा पर्यटन सम्बद्ध संस्थाले कार्यक्रम गरी यस क्षेत्रको प्रवद्र्धनमा महत्वपूर्ण सहयोग पुर्याएको बताए ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले पर्यटनका क्षेत्रमा प्रयोग हुने सामग्रीको बिक्री गरी पर्यटन क्षेत्रमा टेसाले महत्वपूर्ण योगदान गरेको सुनाए । पर्यटन प्रवद्र्धनका साथै सामाजिक उत्तरदायित्वका विभिन्न क्षेत्रमा संस्थाले गरेको योगदान प्रशंसनीय भएको उनको भनाइ छ ।
टेसा पोखरा अध्यक्ष प्रमोद भण्डारीले संस्थाले पोखराको पर्यटन प्रवद्र्धनका हरेक कार्यक्रममा सक्रियताका साथ आफ्नो भूमिका निर्वाह गर्दै आएको बताए । व्यावसायिक एकतासँगै एकापसमा आपसी सद्भाव अभिबृद्धिका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिएको उनले सुनाए ।
टेसा पोखराका पूर्व अध्यक्ष नारायणप्रसाद सुवेदीले टेसामा आवद्ध व्यवसायी संस्थागत रुपमा एकतावद्ध हुँदै पर्यटन प्रवद्र्धन, सामाजिक उत्तरदायित्वका कार्यक्रममा लागेको बताए । कार्यक्रममा टेसा सचिव महेन्द्रबहादुर जिसी र प्रथम उपाध्यक्ष टीकाबहादुर लम्सालले पनि बोेलेका थिए ।
सो अवसरमासहभागीले पोखरा ३१ पचभैयामा हालै सञ्चालनमा आएको हिमालयन फरेस्ट रिसोर्टको स्थलगत अवलोकनसँगै त्यहाँबाट प्रवाह भइरहेका सेवाबारे जानकारी दिइएको थियो । करिब १२ करोड लागतमा निर्मित उक्त रिसोर्टबाट लेखनाथका बेगनास ताल, रुपाताल, माछापुच्छ्रे सहितको हिमाली दृश्य एक साथ अवलोकन गर्न सकिन्छ । पर्यटकस्तरीय सुविधासम्पन्न २२ कोठाका साथै सभाहलसमेत रहेको रिसोर्टबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका साथै पोखराको रमणीय दृश्य पनि अवलोकन गर्न सकिन्छ ।









‘डार्क फाइल’ प्रकरणका नाइके राजकुमार तिमल्सिना पोखराबाट पक्राउ
पल्सर स्पोट्र्स अवार्डलाई रारा चाउचाउको साथ
मापसे गरी पोखरा सडक महोत्सवमा उच्छृङ्खल गतिविधि गर्ने १४ जना पक्राउ
अवैध सामानसहितको बस नियन्त्रणमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया