राष्ट्रिय औद्योगिक व्यापार मेला माघ १० देखि
साथमा आइटी महोत्सव

पोखरा ।
३३ औं संस्करणको ‘राष्ट्रिय औद्योगिक व्यापार मेला तथा आइटी महोत्सव’ माघ १० गतेदेखि सुरु हुने भएको छ । पोखरा उद्योग वाणिज्य संघको आयोजनामा हुने यस महोत्सवमा १२ औं क्यान इन्फोटेक २०२५ तथा चौथो मोवाइल एक्सपो २०२५ पनि समावेश गरिनेछ ।
संघका अध्यक्ष तथा महोत्सव कार्यसम्पादन समिति संयोजक गोकर्ण कार्कीले मंगलबार पत्रकार सम्मेलनमा मेलाबारे जानकारी दिँदै यसपटकको महोत्सवलाई पृथक र चलायमान अर्थतन्त्रको आधारशिला बनाउने लक्ष्य राखिएको बताए । मेलाले राष्ट्रियस्तरका औद्योगिक उत्पादन, सूचना प्रविधि, र हस्तकलाका उत्पादन प्रवद्र्धन गर्ने उद्देश्य राखेको छ ।
पोखरामा २०४२ सालमा पहिलोपटक व्यवस्थित रूपमा मेला आयोजना भएको स्मरण गर्दै कार्कीले मेला र महोत्सवले आर्थिक गतिविधि बढाउने, रोजगार सिर्जना गर्ने, र अर्थतन्त्रलाई गतिशील बनाउने उल्लेख गरे । उनले ३३ औं संस्करणको मेलामा नेपालका सातै प्रदेशका मौलिक उत्पादन, संस्कृति, र रैथाने परिकारलाई समावेश गरी निजी क्षेत्रबीच सहकार्यका नयाँ सम्भावना खोज्ने प्रयास गरिने जानकारी दिए ।
यस महोत्सवमा सूचना प्रविधिका क्षेत्रमा पछिल्लो समय आएका नयाँ आविष्कारहरू, कृत्रिम बुद्धिमत्ता (एआई), उन्नत सीसीटीभी प्रविधि, सफ्टवेयर निर्माण र बजारबारे जानकारी गराइनेछ । चौथो मोबाइल एक्सपोअन्तर्गत ५० प्रतिशतसम्म छुटमा माबवाइल खरिद, एक्सचेञ्ज अफर, किस्तामा खरिद सुविधा, र हरेक दिन ५ वटा डोर प्राइज उपलब्ध गराइनेछ ।
महासंघको संरक्षकत्वमा आयोजना हुने यस मेलामा गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, नेपाल पर्यटन बोर्ड, क्यान कास्की, र नेपाल मोबाइल वितरक संघलगायतका संस्थाहरूको सहकार्य छ । बाल्ट्रा होम एप्लाएन्स मेला मुख्य प्रायोजक छ भने अन्य सहप्रायोजकमा समृद्धि स्टिल्स, लक्ष्मी इन्टरकन्टिनेन्टल (हुन्डाई), सुजल डेरी र माछापुच्छ्रे बैंक छन् ।
मेलामा औद्योगिक उत्पादन, कृषि जन्य वस्तु, हस्तकला, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य, र पर्यटन प्रवद्र्धनका साथै महिला उद्यमशीलतालाई प्रोत्साहन गर्न विशेष कार्यक्रमहरू आयोजना गरिनेछन् । मेलामा देशका अन्य प्रदेशबाट असल अभ्यासहरूलाई समावेश गरी गण्डकी प्रदेशमा लगानी आकर्षित गर्ने उद्देश्य पनि राखिएको छ ।
मेलामा सहभागी हुन न्यूनतम ५० रुपैयाँ प्रवेश शुल्क लाग्नेछ भने ज्येष्ठ नागरिक, अपांता भएका व्यक्ति, राष्ट्रसेवक सुरक्षाकर्मी, र विद्यार्थीका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।
पत्रकार सम्मेलनमा अध्यक्ष कार्कीले मेलाको आयोजना गैरनाफामूलक भएको स्पष्ट पार्दै यसलाई भव्य र सभ्य बनाउन सबैको साथ आवश्यक रहेको बताए । मेलाले औद्योगिक उत्पादन र उपभोक्ताबीच प्रत्यक्ष सम्बन्ध स्थापित गरी राष्ट्रिय अर्थतन्त्रलाई टेवा पु¥याउने विश्वास उनले व्यक्त गरे ।
यो मेला माघ १० गतेदेखि २१ गतेसम्म सञ्चालन हुनेछ । आयोजक पोखरा उद्योग वाणिज्य संघले यस महोत्सवलाई आर्थिक गतिविधि र नवप्रवर्तनको केन्द्रका रूपमा स्थापित गर्ने उद्देश्य राखेको महासचिव शोभा गौतमले बताइन् ।









गण्डकीबाट रास्वपाको समानुपातिक सूचीमा १० जना समेटिए
निःशुल्क आँखा शिविर स् मोतियाबिन्दुको समस्या उच्च
मुक्तिनाथ–तेताङ चक्रपथ सडक निर्माण
विकट गाउँमा रेन्बो ट्राउटपालन गर्दै पूर्वप्रहरी विकास
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया