जीवनोपयोगी शिक्षामा जोड
गण्डकी ।
पोखरामा आयोजित विद्यालय शिक्षा विधेयकका सम्बन्धमा प्रदेशस्तरीय अन्तरक्रियामा जीवनोपयोगी शिक्षा आवश्यक भएकामा वक्ताहरुले जोड दिइएका छन् ।
प्रतिनिधिसभा, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिद्वारा आयोजित कार्यक्रममा वक्ताहररुले जीवनोपयोगी शिक्षाका माध्यमबाट रोजगारी अभिवृद्धिसँगै बढ्दो युवा विदेशपलायन रोक्नुपर्ने बताए ।
गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले व्यावहारिक जीवनमा उपयोग हुने शिक्षा अहिलेको आवश्यकता भएको बताए ।
नैतिकवान नागरिक बनाउने शिक्षासँगै स्वरोजगार अभिवृद्धि गर्ने शिक्षा आवश्यक भएको बताउँदै उनले प्रदेश सरकारले नैतिक शिक्षामा जोड दिनुका साथै कमाउँदै सिक्दै जस्ता कार्यक्रमअघि बढाएको बताए ।
पूर्वमन्त्री सुमना श्रेष्ठले शिक्षामा एकरुपता आवश्यक रहेको बताउँदै विद्यालय ऐन सम्बन्धमा छलफल हुँदै गर्दा नीति, ऐन नियम, कानुनको कार्यान्वयनमा कहाँ समस्या छन् भनेर स्पष्ट हुनुपर्ने बताए । गुणस्तरीय शिक्षा अहिलेको आवश्यकता भएको भन्दै त्यसका लागि विधेयकले व्यवस्था गर्नुपर्ने उनको भनाइ छ ।
गण्डकी प्रदेशसभा, नेकपा (एमाले) संसदीय दलका प्रमुख सचेतक गोविन्द नेपालीले शिक्षालाई प्रतिस्पर्धी, प्रविधिमैत्री बनाउने गरी ऐन कानुन आवश्यक रहेका बताए । उनले विद्यालय शिक्षालाई निःशुल्क भनिरहँदा त्यसको व्यावहारिक कार्यान्वयन हुनुपर्ने बताए ।
गण्डकी प्रदेशसभा, नेपाली कांग्रेस संसदीय दलका सचेतक प्रकाश बरालले राहत कोटा, स्थायी, बालविकास क्षेत्रमा देखिएका विभेदहरु हटाउने गरी विद्यालय शिक्षा विधेयक आउनुपर्ने बताए । गण्डकी प्रदेश शिक्षा निर्देशनालयका निर्देशक अम्बिकाप्रसाद आचार्यले शिक्षा क्षेत्रमा दण्ड र पुरस्कारको व्यवस्थालाई प्रभावकारी बनाइनुपर्ने धारणा राखे ।
शिक्षा विकास समन्वय एकाइ कास्कीका प्रमुख लोकनाथ आचार्यले विद्यालय व्यवस्थापन समितिमा वास्तविक अभिभावकको प्रतिनिधित्व हुने गरी व्यवस्था गरिनुपर्ने बताए । नेशनल प्याब्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीले विद्यालय पोसाकमा एकरुपतासँगै आवश्यकताअनुसार स्थानीय पाठ्यक्रम तय हुनुपर्ने बताए ।
नेपाल पत्रकार महासंघ गण्डकीका अध्यक्ष रमेश पौडेलले विद्यालयका प्रधानाध्यापकलाई प्रमुख कार्यकारी अधिकृत (सिइओ)का रुपमा जिम्मेवारी दिने व्यवस्था मिलाउनुपर्ने बताए ।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले विभिन्न १९ थरीका शिक्षकलाई एउटै किसिमको बनाउनु आवश्यक रहेको बताउँदै शिक्षा क्षेत्रको समस्यालाई समाधान गर्ने गरी विधेयक आउनुपर्ने धारणा राखे ।
कार्यक्रमममा शिक्षा सम्बद्ध विभिन्न क्षेत्र एवं निकायका प्रतिनिधिहरुको उपस्थिति थियो ।







स्याङ्जाको सिडिओ कार्यालयले जग्गा प्रयोग गरेबापत श्रेष्ठलाई १ करोड रुपैयाँ क्षतिपूर्ति
कालिका बहुमुखी क्याम्पसका गौतमलाई उत्कृष्ट क्याम्पस प्रमुखको सम्मान
लेखा दिवस मनाइयो
हिमपातपछि याकचौँरी बेँसीमा
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया