अभ्यास अदालत प्रतियोगितामा गण्डकी विश्वविद्यालयका विद्यार्थी प्रथम

पोखरा ।
तराई कानुन विद्यार्थी मञ्च (टेल्सा)ले पृथ्वीनारायण क्याम्पसमा आयोजना गरेको मुटकोर्ट (अभ्यास अदालत) प्रतियोगितामा गण्डकी विश्वविद्यालयका विद्यार्थी प्रथम भएका छन् । प्रतियोगितामा त्रिभुवन, पोखरा र गण्डकी गरी ३ विश्वविद्यालयका ४७ टिमले प्रतिस्पर्धा गरेका थिए ।
माघ ६, ७ र ८ गते भएको प्रतियोगितामा गण्डकी विश्वविद्यालयका आशिष काफ्ले, अंकिता रेग्मी र सुमिका गौतमको टिम प्रथम भएको हो । गण्डकी विश्वविद्यालयका आशिष काफ्लेले सर्वाेत्कृष्ट बहसकर्ताको उपाधि पनि जिते । सर्वाेत्कृष्ट बहस नोटको पुरस्कार पनि गण्डकी विश्वविद्यालयकै विद्यार्थीले जिते । प्रथम टिम भए स्वरुप उनीहरुले ७ हजार रुपैयाँ नगदसहित ट्रफी एवं पदक प्राप्त गरे । सर्वाेत्कृष्ट बहसकर्ता र नोटतर्फबाट पनि नगदसहितको पुरस्कार प्राप्त गरे ।
कानुनका विभिन्न कार्यक्रम गर्दै आएका तराई कानुन विद्यार्थी मञ्चका अध्यक्ष रामबाबु दासको अध्यक्षतामा भएको कार्यक्रममा पृथ्वीनारायण क्याम्पसका सहायक प्रमुख शंकर पौडेल, गण्डकी विश्वविद्यालयको कानुन कार्यक्रम संयोजक रविकुमार सिलवालले विद्यार्थीहरुलाई पुरस्कार प्रदान गरे ।
अभ्यास अदालतमा न्यायाधीशको भूमिका ओजस्वी भट्टराई लगायत थिए । प्रतियोगितामा पृथ्वीनारायण क्याम्पसका छात्रा विप्लवी न्यौपानेसहितको टिम दोस्रो भएको थियो । गण्डकी विश्वविद्यालयको बिएएलएलबी विषयमा १ सय ५७ जना विद्यार्थी छन् । उनीहरुले विभिन्न प्रतियोगिताहरुमा उत्कृष्टता प्रदर्शन गर्दै आएको र विश्वविश्वविद्यालयको कानुन कार्यक्रममा संयोजक रविकुमार सिलवालले जनाए ।










फागुन २१ को चुनाव : तीन दृश्यले घटायो सरकार र दलबीचको दूरी
टाइगर कप भलिबल ९ माघदेखि : ३ देशका ४ क्लब भिड्दै, विजेतालाई ६ लाख ६६ हजार
कांग्रेसको नयाँ परिपत्र : क्रियाशील सदस्यता वितरण सहज र व्यापक बनाउन निर्देशन
कोरियाली राजदूत र पोखराका मेयरबीच भेट : पर्यटन प्रवर्द्धन र विकास आयोजनामा सहकार्य
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया