गण्डकीमा माओवादी केन्द्रले इन्चार्ज फेर्ने, दीनानाथपछि को आउलान ?

पोखरा । माओवादी केन्द्रले गण्डकी, सुदूरपश्चिम र मधेस प्रदेशका इन्चार्ज फेर्नेको तयारी गरिरहेको छ। अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को खुमलटार निवासमा मंगलबार भएको पदाधिकारी बैठकमा यसबारे छलफल भएको हो।
गण्डकी प्रदेशमा हाल इन्चार्जको रूपमा सचिव दीनानाथ शर्मा रहेका छन्, जसले आफ्नो ठाउँमा अर्को व्यक्तिलाई ल्याउने इच्छा व्यक्त गरेका छन्। सुदूरपश्चिममा उपमहासचिव गिरिराजमणि पोखरेल र मधेसमा सचिव लीलामणि पोखरेलको जिम्मेवारी छ। गिरिराजमणिले मधेसमा जाने इच्छा व्यक्त गरेका छन्, भने मातृका यादवले पनि मधेसको जिम्मेवारी लिन चाहेको बताएका छन्।
बैठकमा गण्डकी, सुदूरपश्चिम र मधेसका इन्चार्ज फेरबदल गर्ने विषयमा छलफल गरिएको भए पनि कुनै निर्णय भएको छैन। नेताहरूका अनुसार अध्यक्ष प्रचण्डले केही स्थानमा परिवर्तन हुन सक्ने कुरा बताएका छन्।
अर्को विषयमा, प्रचार विभाग प्रमुख फेरबदलको बारेमा पनि चर्चा भएको छ। धेरैको सुझाव अनुसार, प्रवक्ता र प्रचार विभागका जिम्मेवारी पाएका व्यक्तिहरूले भूगोलको जिम्मेवारी लिन नहुने विचार व्यक्त गरेका छन्।
प्रदेशको जिम्मेवारी स्थायी कमिटी सदस्यलाई दिनुपर्ने कि पदाधिकारीबाट बनाउने भन्ने विषयमा पनि छलफल भएको छ। अध्यक्ष प्रचण्डले स्थायी समिति सदस्यलाई जिम्मेवारी दिनु र पदाधिकारीलाई केन्द्रीय विभागको जिम्मेवारीमा राख्नुपर्ने प्रस्ताव गरेका थिए। यसबारेमा पनि कुनै निष्कर्षमा पुगिएको छैन।







आँखाले देख्दैनन् तर खेल्दैछन् विश्व कप
गाँजा खेती वैधानिकीकरण विधेयक गण्डकी प्रदेश सभामा पेस
सिर्जना बहिरा माविमा तालावन्दी
प्रहरी महानिरीक्षकमा दानबहादुर कार्की
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया