च्यारिटी डिनरबाट बगर भाइखलकले ७ लाख जुट्यो

समाधान संवाददाता २०८१ माघ ९ गते १८:२८

पोखरा । आगामी १५ गतेदेखि २१ गतेसम्म पोखरा महानगरपालिका १ पुरानो टुँडिखेलमा हुने १४ औं संस्करणको अन्तर्राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिताको सन्दर्भमा बगर भाइखलकले चौथो च्यारिटी डिनर आयोजना गरेको छ ।

Advertisement

कार्यक्रमबाट ७ लाख ३१ हजार संकलन भएको च्यारिटी डिनकार संयोजक याम गुरुङले जानकारी दिए । प्रतियोगिता सञ्चालनका लागि थप रकम जुटाउने र आपसी भाइचाराको सम्बन्धलाई ताजा बनाउने च्यारिटी डिनर आयोजना गरिएको हो । उक्त कार्यक्रममा लेकाली ब्यान्ड, ओपन सि ब्यान्ड, गायिका प्रिया गुरुङ र उषा गुरुङ, प्रकाश राना लगायतले सांगीतिक प्रस्तुति राखेका थिए ।

भाइखलकका अध्यक्ष ईश्वरमान गुरुङले प्रतियोगितामा ४० वर्ष पूरा भएका उमेर समूह, ५० वर्ष र ६० वर्ष नाघेकाहरुबीच प्रतिस्पर्धा हुने जानकारी दिए । सो प्रतियोगितामा नेपालका विभिन्न शहर तथा भारत तथा बेलायतबाट पनि टिम सहभागिता हुनेछ ।

४० वर्षतर्फको विजेताले नगद २ लाख र उपविजेताले नगद १ लाख प्राप्त गर्ने छ । ५० वर्षतर्फ विजेताले नगद १ लाख र उपविजेताले नगद ५० हजार हात पार्ने छ । ६० वर्षतर्फ विजेताले नगद ५० हजार र उपविजेताले नगद ३० हजारसहित सिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने छ ।

Advertisement

तपाईको प्रतिक्रिया