पुम्दीकोटको बाटो तत्काल एकतर्फी नहुने

पोखरा । पर्यटकको चाप बढ्दै गएकाले व्यवस्थापनलाई सहज बनाउने उद्देश्यले पुम्दीकोट जाने बाटो एकतर्फी बनाउने निर्णय भए पनि त्यो तत्काल कार्यान्वयन नहुने भएको छ । जिल्ला ट्राफिक कार्यालय कास्की र पोखरा महानगरपालिका वडा नम्बर २२ सँगको समन्वयमा बुधबार भुम्दीकोट जाने बाटो एकतर्फी बनाउने निर्णय गरिएको थियो ।
तर, केही टोल विकास संस्थाले समन्वय विना निर्णय गरिएको बताएपछि शुक्रबार वडा कार्यालयले जनगुनासोलाई सम्बोधन गर्दै तत्काल उक्त निर्णय लागू नगर्न अनुरोध गरेको हो । कोदी शान्ति टोल विकास संस्था र कालिमाटी शान्ति स्तूप टोल विकास संस्थाले असन्तुष्टि जनाएपछि वडापछि हटेको स्थानीय झम्कनाथ देवकोटाले बताए ।
दुर्घटना न्यूनीकरण गर्ने तथा पर्यटकको चाप व्यवस्थापन गर्ने उद्देश्यले एकतर्फी बनाउने निर्णय गरिएको जिल्ला ट्राफिक कार्यालय कास्कीकी प्रहरी निरीक्षक शोभा पाण्डेको भनाइ छ । यसो हुँदा बाटोमा जाम र भीडभाड नियन्त्रण गर्न र पर्यटकलाई हिड्डुल गर्न सहज हुने उनको भनाइ छ ।
पाण्डेका अनुसार पुम्दीकोट जाने बेलामा छोरेपाटनदेखि शान्ति स्तूप हुँदै जाने बाटो जाने र फर्कँदा कालिमाटीको बाटो फर्कनुपर्ने रुट थियो । बाइक, स्कुटर त्यही बाटो फर्कन सक्ने र चार पांग्रे साधन कालिमाटीको बाटो हुँदै फर्कनुपर्ने व्यवस्था गरिएको थियो । जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट यो निर्णय तत्काल लागू नगर्ने आश्वासन पाएको स्थानीय देवकोटाले सुनाए ।









राष्ट्रियसभा चुनाव : उम्मेदवारले साढे ३ लाखसम्म खर्च गर्न पाउने, कुन शीर्षकमा कति ?
वालिङमा गजल उत्सव : गुरुप्रसाद ढकालको ‘रात्री आकाश’ सार्वजनिक
न्यानो कपडा र स्टेसनरी सहयोग
माछापुच्छ्रेका प्रअ आचार्यलाई ५० हजारको पुरस्कार
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया