आन्तरिक राजश्व विभागको एकीकृत कर प्रणालीमा रहेको सूचनामा अनधिकृत रुपमा पहुँच, भाटभटेनीको कर बढाइदिने २ युवा प्रहरीको नियन्त्रणमा

पोखरा । भाटभभटेनी सुपरमार्केटको युजर आइडी र पासवर्डको अनधिकृत प्रयोग गरी अस्वभाविक कर विवरण पेस गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
नेपाल प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक सुधिरराज शाहीका अनुसार ‘विद्युतीय कारोबार ऐन, २०६३’ परिच्छेद ९ (कम्युटर सम्बन्धी) कसुरमा २८ वर्षीय सन्तोष पराजुली र २२ वर्षीय परिन पाण्डे पक्राउ परेका छन् ।
स्थायी घर पर्वत भइ हाल चितवन बस्ने पराजुली र स्थायी घर गोरखा भइ हाल चितवन बस्ने पाण्डेलाई पक्राउ गरी थप अनुसन्धानको कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
यही माघ ५ गते आन्तरिक राजस्व विभागको एकीकृत कर प्रणालीमा रहेको सूचनामा अनधिकृत रुपमा पहुँच पु¥याइ भाटभटेनी सुपरमार्केटबाट नेपाल सरकारलाई प्राप्त हुने राजस्वको दायराभित्र आउने जम्मा कारोबार रकम दुई अर्ब ३४ करोड १६ लाख ४२ हजार ८१६ को राजस्व कर दायित्व छ करोड २६ लाख ९४ हजार १९ लाई हेरफेर गरी १३ करोड नौ लाख ५९ हजार ६०९ रुपियाँ गलत तथ्याङ्क राज्यको आधिकारिक कम्प्युटर सूचना प्रणालीमा अनाधिकृत प्रविष्ट गर्ने कार्य गरेको देखिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उनीहरुले आफू सङ्लग्न अडिट फर्मको तर्फबाट आन्तरिक राजस्व विभागको पोर्टलमा गइ विभिन्न करदाताहरुको कारोबारको विवरण आफू अनुकूल हुने गरी प्रविष्ट गरी प्रत्यक्ष वा अप्रत्यक्षरुपमा हानी नोक्सानी पुर्याउने तथा लाभ लिने कार्य गरेका हुन् ।








फेदीमा दोभान कप सुरु
‘सृजना कप’ विद्यालयस्तरीय भलिबलको तयारी
पुस ३ गतेदेखि हिसान स्पोर्ट्स मिट
लजी लन्ड्री लाउन्ज सञ्चालनमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया