राष्ट्रिय औद्योगिक व्यापार मेलामा सूचना प्रविधिको जानकारी

पोखरा । पोखराको नयाँबजारस्थित पोखरा प्रदर्शनी केन्द्रमा जारी ३३ औं संस्करणको राष्ट्रिय औद्योगिक व्यापार मेला एवं आइटी महोत्सव २०८१ सूचना प्रविधिबारे नयाँ जानकारी लिने थलो बनेको छ ।
पोखरा उद्योग वाणिज्य संघले क्यान कास्की तथा नेपाल मोवाइल वितरक संघसँगको सहयकार्यमा १२ औं क्यान इन्फोटेक २०२५ तथा चौथो मोवाइल एक्सपो २०२५ समेत मेलामै समाहित गरेपछि मेला सूचना प्रविधिबारे जानकारी लिने तथा आवश्यक सामग्री खरिद गर्ने थलो बनेको हो । ‘प्रविधिको क्षेत्रमा दैनिक नयाँ आविष्कार भइरहेका हुन्छन् । हामीले पछिल्लो समय बजारमा आएका नयाँ प्रविधिहरु नै क्यान इन्फोटेकमा राखेका छौँ,’ उनले भने,‘यहाँ रहेका सबै सामग्रीहमा भारी छुटको व्यवस्था गरिएको छ ।’
नेपाल मोवाइल बितरक संघ गण्डकीका अध्यक्ष मनोहर श्रेष्ठले मोवाइल एक्पोमार्फत् मोबाइल तथा एसोसरिजहरुमा ५० प्रतिशतसम्म छुट दिइएको छ । किस्ताबन्दीमा मोबाइल खरिदको सुविधासमेत रहेको उनले बताए । मेलाको प्रवेश टिकटबाट हरेक दिन गोलाप्रथा गरी ५ जनालाई मोवाइल नै उपहार दिने व्यवस्था मिलाइएको उनको भनाइ छ ।
आयोजक संस्था पोखरा उद्योग वािणज्य संघका अध्यक्ष गोकर्ण कार्कीका अनुसार मेलाको तेस्रो दिन १८ हजार जनाले मेलाको अवलोकन गरेका छन् । ‘हामीले मेलालाई उद्यमशीलता सिकाउने, नयाँ प्रविधिबारे जानकारी पस्कने थलो बनाउने लक्ष्य लिएका छौँ । औद्योगिक क्षेत्र उद्योग संघसँगको सहकार्यमा यहाँ उद्योगहरुका उत्पादन राखिएका छन् । सात वटै प्रदेशको हस्तकला तथा महिला उद्यमीका उत्पादनहरु पनि प्रदर्शनीमा छन् । जडीबुटीदेखि कृषिजन्य उत्पादन, पुष्प प्रदर्शनी पनि मेलाको अर्को विशेषता हो,’ अध्यक्ष कार्कीले भने, ‘पोखरासहित सम्पूर्ण राष्ट्रको औद्योगिक, कृषिजन्य, हस्तकलाका उत्पादन, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य, पर्यटन लगायत कृषिजन्य उत्पादनलाई प्रवद्र्धन तथा बजारीकरणमा सघाउ पुर्याउने तथा व्यवसाय विस्तारको सम्भावनाको खोजीका लागि नै मेला आयोजना गरिएको हो ।’
सिएसआइटी एसोसियसनसँगको सहकार्यमा मेलामा आइटीसम्बन्धी खेल तथा प्रतियोगिता पनि राखिएका छन् । मेलाका सांस्कृतिक उपसमिति संयोजक ललित कुँवरका अनुसार शनिबार श्रीकृष्ण बम मल्ल, पार्वती गुरुङ, सरस्वती लामिछाने, सन्तोष सुुवेदी, मञ्जु पौडेल लगायतका कलाकारको सांगीतिक प्रस्तुति रह्यो भने आइतबार लोकगायक प्रजापति पराजुलीसहित इन्द्रा गुरुङ, कमला सुनार, शिवहरि ढुंगाना, राजन कार्की लगायतको प्रस्तुति रहनेछ ।







जेलबाट छुटेकै दिन पतिद्वारा पत्नीको हत्या
आँखाले देख्दैनन् तर खेल्दैछन् विश्व कप
गाँजा खेती वैधानिकीकरण विधेयक गण्डकी प्रदेश सभामा पेस
सिर्जना बहिरा माविमा तालावन्दी
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया