पठन संस्कृतिको विकास सरकारको प्राथमिकतामा

गण्डकी । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पठन संस्कृतिको विकास सरकारको प्राथमिकतामा रहेको बताउनुभएको छ । नेपाल पुस्तक तथा स्टेसनरी व्यवसाय महासङ्घको शनिबार पोखरामा आयोजित १७औँ साधारणसभाको उद्घाटन गर्दै उहाँले पठन संस्कृतिको विकासमा टेवा पुर्याउनका लागि प्रदेश सरकारले यहाँका पुस्तकालयहरुको व्यवस्थापनका लागि बजेटको व्यवस्था गरेको बताउनुभयो ।
भविष्यमा पोखरा महानगरसँग मिलेर देशविदेशका मानिसको जमघट गराउने खालको विद्युतीय पुस्तकालय बनाउने सोच रहेको उहाँले जानकारी दिनुभयो । समाजलाई शिक्षित बनाउन पुस्तक व्यवसायी महासङ्घको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै मुख्यमन्त्री पाण्डेले व्यवसायलाई भिन्न तरिकाले कसरी अगाडि बढाउने, यहीँ केही गर्छु भन्नेलाई कसरी रोक्ने र यहाँ केही हुँदैन भन्ने भाष्यलाई निरुत्साहित गर्न सबैको पहल जरुरी भएको धारणा राख्नुभयो ।
प्रकाशनहरुले हाम्रो परम्परा, संस्कार, संस्कृति, पूर्वीय दर्शन र चिन्तन मननका कुराहरु ल्याउन आवश्यक भएको र सुसंस्कृत हुनका लागि अनुशासन जरुरी भएको उहाँको भनाइ छ । महासङ्घले उत्पादन, प्रकाशन, वितरण, मसलन्द खेलकुदलगायत माध्यमबाट समाजमा योगदान पुर्याएको उल्लेख गर्दै उहाँले समाजलाई ज्ञान बाँड्नेलगायत धेरै काममा संस्थाको ठूलो हात रहेको बताउनुभयो ।
महासङ्घका पूर्वअध्यक्ष एवं पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले समाजलाई कुन दिशामा लैजाने, कस्तो बनाउने त्यो जिम्मेवारी हाम्रै काँधमा रहेको बताउँदै पठन संस्कृतिको विकासमा जोड दिनुपर्ने बताउनुभयो । किताबलाई साथी बनाउने, किताबलाई उपहार लिनेदिने बानीको विकास गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
यही जनवरीमै पोखरा भ्रमण वर्ष २०२५ को शुभारम्भको तयारी भइरहेको बताउँदै उहाँले विभिन्न सङ्घसंस्थाहरुका अधिवेशन तथा कार्यक्रमहरू पोखरामा ल्याउन अनुरोध गर्नुभयो ।
नेपाल पुस्तक तथा स्टेसनरी व्यवसाय महासङ्घका अध्यक्ष शिवसागर शर्माले यस व्यवसायलाई मर्यादित बनाउन लागिपरेको बताउनुभयो । नीतिगत तहमा आफूहरुले शिक्षा मन्त्रालय तथा सरोकारवालाहरूसँग निरन्तर छलफल गरिहेको उल्लेख गर्दै उहाँले पुस्तक नीति छिट्टै आउने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा महासङ्घ गण्डकीका अध्यक्ष कृष्णप्रसाद पोखरेल, प्याब्सन कास्कीका अध्यक्ष षडानन्द गौतम, हिसान कास्कीका अध्यक्ष दिवाकर जैसी, पूर्ववरिष्ठ उपाध्यक्ष दिवाकर घिमिरे लगायतले धारणा राख्नुभएको थियो ।
कार्यक्रममा संस्थामा महत्वपूर्ण योगदान गरेको भन्दै पूर्वसंस्थापक अध्यक्ष कृष्णप्रसाद पाण्डे, महानगर प्रमुख धनराज आचार्यलगायतलाई सम्मान गरिएको थियो । रासस







‘डार्क फाइल’ प्रकरणका नाइके राजकुमार तिमल्सिना पोखराबाट पक्राउ
पल्सर स्पोट्र्स अवार्डलाई रारा चाउचाउको साथ
मापसे गरी पोखरा सडक महोत्सवमा उच्छृङ्खल गतिविधि गर्ने १४ जना पक्राउ
अवैध सामानसहितको बस नियन्त्रणमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया