नेपाल निजामती कर्मचारी संगठन कास्कीमा रामचन्द्र पहारी

समाधान संवाददाता २०८१ माघ १३ गते १२:४५

पोखरा । नेपाल निजामती कर्मचारी संगठन कास्कीको १३ औं जिल्ला अधिवेशनले रामचन्द्र पहारीको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । अधवेशनले सबै पदाधिकारी, सदस्य , प्रदेश प्रतिनिधि, केन्द्रीय प्रतिनिधि र जिल्ला लेखा कमिटीमा सबै निर्विरोध चयन गरेको हो ।

Advertisement

उपाध्यक्ष खुलामा हरिप्रसाद रेग्मी, उपाध्यक्ष महिलामा ऐश्वर्य आचार्य पोखरेल, सचिवमा शिवप्रसाद पौडल, सहसचिव नेत्रनारायण सुवेदी र कोषाध्यक्षमा केशव ढुङ्‌गाना चयन भए ।

सदस्यमा बुद्धिप्रसाद अधिकारी, सूर्यप्रसाद पोखरेल, गगन भुषाल, राजेन्द्र लामिछाने, महिला सदस्यमा सरस्वती सापकोटा, नानु ढकाल सिग्देल, वसुन्धरा दवाडी र अस्मिता शर्मा चयन भए ।

श्रेणी विहीनतर्फको सदस्यमा माधव बराल, जनजाती / अपांगतातर्फ रविचन्द्र श्रेष्ठ, युवा सदस्यमा विवश बास्तोला, प्रदेश सदस्यमा सन्तोष अधिकारी चयन भए ।

लेखापरिक्षण आयोगतर्फ संयोजकमा मेघबहादुर बस्नेत, सदस्यमा विष्णु अधिकारी र यामप्रसाद पंगेनी चयन भए ।
केन्द्रीय प्रतिनिधिमा कमलबहादुर केसी, राजेद्रप्रसाद आचार्य, माधवप्रसाद पौडल र कृष्णप्रसाद पनेरु छानिए ।
महिला प्रतिनिधिमा विष्णुदेवी पोख्रेल, सहकारी, प्रतिनिधिमा तीलकप्रसाद आचार्य चयन भए ।

Advertisement

प्रदेश प्रतिनिधिमा प्रविण भण्डारी, विष्णु पोख्रेल पौडल, जीवनकुमार तिवारी, गणेशबहादुर कार्की, विष्णुदेवी पोख्रेल, नरेन्द्र रेग्मी र बेलकुमारी गुरुङ चयन भए । महिला प्रतिनिधिमा सुशीला पोखरेल र सहकारी प्रतिनिधिमा गणेश कार्की चयन भएका छन् ।

गण्डकी प्रदेशकै कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री पद्मा जिसी श्रेष्ठकाे प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाल निजामती कर्मचारी संगठनका गण्डकी प्रदेश इन्चार्ज घनश्याम सापकोटा, पेशागत महासंघ नेपाल राष्ट्रिय समितिका सचिव रामप्रसाद खनाल, नेकपा (एमाले) कास्की अध्यक्ष बैनबहादुर क्षेत्री, संठनका केन्द्रीय सचिवालय सदस्य तथा कास्की जिल्ला इन्चार्ज भरत भुसाल, तेजप्रसाद निउरे, दिपक शर्मा पौडेल, केन्द्रीय सदस्य रामहरि खड्का, राममणि ढुंगाना, सङ्गठनका निवर्तमान गण्डकी प्रदेश अध्यक्ष अशोक खनाल लगायत सहभागी थिए । पेशागत महासंघ नेपाल गण्डकी प्रदेशका महासचिव बैकुण्ठनाथ आचार्य लगायत अतिथिहरुको आतिथ्यता र कास्की संगठनका अध्यक्ष विष्णुदेवी पोखरेलको अध्यक्षतामा कार्यक्रम भएको हो ।

तपाईको प्रतिक्रिया