गोकर्णेश्वर नगरपालिकाद्वारा देवघाटमा आश्रम निर्माणार्थ ५ लाख सहयोग

दमौली । देवघाटमा निर्माणाधीन मातापिता आश्रमका लागि काठमाडौको गोकर्णेश्वर नगरपालिकाले रु पाँच लाख सहयोग गरेको छ । देवघाट गाउँपालिका–५ मा निर्माणाधीन मातापिता आश्रमका लागि नगरपालिकाले आज उक्त रकमको चेक हस्तान्तरण गरेको हो ।
उक्त नगरपालिकाका प्रमुख दीपककुमार रिसालले आज देवघाटमा जारी महोत्सवमा उपस्थित भइ महोत्सवका सङ्कल्पकर्ता ईश्वरकृष्ण महाराजलाई रु पाँच लाखको चेक हस्तान्तरण गर्नुभएको छ ।
नगरप्रमुख रिसालले देवघाट, मुक्तिनाथ, पशुपतिनाथ, गोकर्णजस्ता धार्मिक स्थलहरूमा आन्तरिक मात्र नभई बाह्य पर्यटकसमेत भित्र्याउनका लागि सरकारले विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।
वृद्ध मातापिताको सेवा गर्ने हेतुले परिकल्पित मातापिता आश्रममा तीन सय ६५ कोठा निर्माण गरिनेछ । महोत्सवमा अखण्ड हरिनाम सङ्कीर्तन, श्रीमद्भागवत महापुराण पाठपारायण, एक अर्ब रामनाम लेखन, र दीप प्रज्वलनजस्ता धार्मिक कार्यक्रम जारी छन् । रासस
–––







‘डार्क फाइल’ प्रकरणका नाइके राजकुमार तिमल्सिना पोखराबाट पक्राउ
पल्सर स्पोट्र्स अवार्डलाई रारा चाउचाउको साथ
मापसे गरी पोखरा सडक महोत्सवमा उच्छृङ्खल गतिविधि गर्ने १४ जना पक्राउ
अवैध सामानसहितको बस नियन्त्रणमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया