डढेलो नियन्त्रणमा लाग्न आग्रह

पोखरा ।
हिउँदे वर्षाको कमी, निरन्तर तापक्रम वृद्धिका कारण यस वर्ष पनि वन क्षेत्रमा डढेलो लाग्ने अधिक सम्भावना रहेको भन्दै फेकोफन कास्कीले नियन्त्रणमा जुटन सबैमा आव्हान गरेको छ ।
सामुदायिक वन उपभोक्ता महासंघ नेपाल कास्कीको सोमबार भएको पूर्ण बैठकले डढेलो नियन्त्रणका लागि सम्पूर्ण वन समूह र सरोकारवालालाई सचेत रहन आग्रह गरेको हो । डढेलो नियन्त्रणसम्बन्धी सामुदायिक तथा सरकारी योजनाहरुको प्रभावकारी कार्यान्वयन, सम्बन्धित निकायबिच समन्वय र सहकार्य गरेर अघि बढ्ने बैठकले निर्णय गरेको महासंघ कास्की अध्यक्ष विश्वनाथ अधिकारीले बताए ।
दैनिक वन जाने गोठाला, घाँस दाउराका लागि जाने वन समूह तथा जडिवुटी र काठ दाउरा संकलन गर्न जाने व्यक्तिसहित पैदलयात्रीलाई डढेलो विरुद्ध सचेतीकरण गर्न बैठकले जोड दिएको छ । सामुदायिक वन उपभोक्ता महासंघ नेपालका केन्द्रीय सदस्य हरि बाँस्तोलाले वन पैदावार उपयोग नीतिको अभावमा वन क्षेत्र प्रत्येक वर्ष डढेलोको चपेटामा पर्ने गरेको बताए ।
काठको कम्पोजिट प्लान्ट र पातपतिंगरको प्राङगारिक मल बनाउने उद्योग स्थापना गर्ने हो भने वन डढेलो रोकिनुका साथै हरित रोजगार सिर्जना भई आयातित काठ र मल विस्तापित गर्न सकिने उनले औंल्याए ।
महासंघ गण्डकी प्रदेश अध्यक्ष कालीदास सुवेदीले मानव, वन्यजन्तु, वातावरण लगायतको क्षेत्रमा ठूलो असर पर्ने वन डढेलो नियन्त्रणमा जुट्न उपभोक्तालाई अपिल गर्दै आगो लगाउने जो सुकैलाई भए पनि कानुनी दायरामा ल्याउनु पर्नेमा जोड दिए ।








१८औं हिसान स्पोर्ट्स मिट सुरु : पहिलो दिन भलिबल र बास्केटबलका प्रतिस्पर्धा
वन कुकुरको वासस्थान सुधारका लागि ताङ्तिङमा २५० केजी प्लास्टिक संकलन
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
सुप्रिम सहकारी ठगी प्रकरण : रवि लामिछानेलाई रिहा गर्न उच्च अदालतको आदेश
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया