औद्योगिक व्यवसाय ऐन संशोधन प्रस्ताव प्रदेश सभामा दर्ता

पोखरा। गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन नजिकिँदै गर्दा विधेयकहरु दर्ता हुने क्रम सुरु भएको छ । उद्योग तथा पर्यटन मन्त्रालयले ‘गण्डकी प्रदेश औद्योगिक व्यवसाय ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक’ सोमबार प्रदेश सभा सचिवालयमा दर्ता गराएको छ ।
प्रदेश सभाको हिउँदे अधिवेशन माघ २१ गते दिउँसो २ बजेका लागि प्रदेश प्रमुख डिल्लीराज भट्टले आह्वान गरेका छन् । प्रदेशको ऐन आएपछि संघले ऐन ल्याएकाले धेरै प्रावधानहरु सच्याउनु पर्ने भएकाले संशोधन गर्नुपरेको मन्त्रालयका सचिव कुमानसिंह गुरुङले बताए ।
उनका अनुसार ऐन संशोधनका लागि २१ वटा बुँदा समावेश गरिएको छ । प्रदेश व्यवसाय मञ्चको गठनादेश भए पनि त्यस विषयलाई अहिले ऐनमै समेट्न लागिएको छ । प्रदेश व्यवसाय मञ्च गठनका लागि २०७६ मै सरकारले गठनादेश बनाएको छ । यसैगरी प्रदेश औद्योगिक क्षेत्र व्यवस्थापनका लागि नियमावली बनाउन जरुरी भएकाले त्यसलाई पहिलो ऐनमा समेटेर लैजान लागिएको सचिव गुरुङले जानकारी दिए ।
उद्योग तथा पर्यटन मन्त्रालयले दर्ता गराएको साझेदारी फर्मसम्बन्धी विधेयक प्रदेश सभाकै अर्थ तथा विकास समितिमा विचाराधीन छ । मन्त्रालयले अहिले खानी सम्बन्धी विधेयक तयार गरेर प्रदेश सभामा दर्ता गर्ने तयारीमा छ । यसका लागि मस्यौदा पनि तयार भइसकेको त्यसभन्दा पनि सरकारबाट सैद्धान्तिक सहमति समेत लिइसकिएको सचिव गुरुङले बताए ।









शिवशक्ति क्याम्पस व्यवस्थापन समितिमा दोहोरिए टुबराज
२० जना जिल्ला न्यायाधीशका लागि सिफारिस
भिजिट भिसा प्रकरणमा मुछिएका उपसचिव तिवारीको पर्वतमा सरुवा
२१ औं लेखनाथ महोत्सव सम्पन्न: ११ करोड २० लाखको कारोबार, ३ लाख ३५ हजार दर्शक
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया