पश्चिमाञ्चल क्षेत्रीय अस्पताल
एनआइसियुमा भर्ना भएका शिशुका आमालाई पनि निशुल्क खाना

पोखरा । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको एनआइसियुमा भर्ना भएका शिशुका आमालाई निशुल्क रुपमा पोषणयुक्त खाना खुवाउन थालिएको छ । गण्डकी प्रदेश सरकारको सहयोगमा मंगलबारबाट उक्त कार्यक्रम लागु भएको अस्पतालको बालरोग विभागीय प्रमुख प्राडा रामचन्द्र बास्तोलाले बताए ।
अस्पतालमा प्रदेशका सबैजसो जिल्लाका शिशुहरु उपचारका लागि एनआइसियुमा ल्याइने गरेको र उनीहरुका आमाहरुमा पोषणको कमी भएको पाएको पाइएपछि दिनको ३ पहर पोषणयुक्त खाना खुवाउन थालिएका प्रादेशिक स्वास्थ्य निर्देशनालयका महानिर्देशक खिमबहादुर खड्काले जानकारी दिए । उनले भने, ‘आर्थिक हैसियत सबल भएकाभन्दा पनि सामान्य परिवारका शिशुहरु उक्त अस्पतालमा आउने गरेका छन्, उनीहरुका आमा कतिपय कम उमेरका, शारीरिक कमजोरी भएको पाइएकाले यो कार्यक्रम थालिएको हो ।’ यस कार्यक्रमका लागि प्रदेश सरकारले चालु वर्षमा ४० लाख रुपैयाँ छुट्याएको छ ।

अघिल्लो वर्ष यहि कार्यक्रमका लागि ८० हजार रुपैयाँ विनियोजन गरिएको थियो । तर प्रदेश सरकारले संघ सरकारका कार्यालयमा खर्च नमिल्ने भनेर महालेखाले औंल्याएकाले कार्यक्रम भएको थिएन । अहिले प्रादेशिक स्वास्थ्य निर्देशनालयले नै प्रक्रिया थालेर उसैले कार्यक्रम सञ्चालन गरेको छ । सुत्केरी आमाहरुले दैनिक १ हजार रुपैयाँ बराबरको खाना पाउने गरी व्यवस्था गरिएको छ । बिहान बेलुका मासुभास र दिउँसो पनि प्रोटिनयुक्त खाजा खुवाउने गरी अस्पतालकै क्यान्टिनसँग सम्झौता भएको छ । मासु नखाने र खान नहुने सुत्केरी आमाहरुका लागि त्यसै अनुसार पोषणयुक्त वैकल्पिक खानाहरु उपलब्ध गराइन्छ ।
बालरोग विभागका प्रमुख प्राडा बास्तोलाका अनुसार अस्पतालमा एनआइसियुका ३० शय्या छन् । ती शय्या कुनै दिन खाली हुँदैनन् । अन्य अस्पतालमा जन्मेका बालबालिका पनि गम्भीर अवस्थाका छन् भने पश्चिामाञ्चल क्षेत्रीय अस्पतालमा नै ल्याउने गरेको प्राडा बास्तोला बताउँछन् ।








वन विज्ञान अध्ययन संस्थानमा स्ववियु खेलकुद सप्ताह हुने
सहज सेवा प्रवाहबाट संघीयता सबल हुन्छः मुख्यमन्त्री पाण्डे
भद्रकाली माविलाई सत्य युवा क्लबको सहयोग
गोल्डेन ट्र्यांगल बाइक टूर टोली पोखरामा, टेवानले गर्यो स्वागत
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया