माझठानामा भाेली स्वास्थ्य शिविर हुने

लेखनाथ ।
पोखरा महानगरपालिका वडा नं.२८ माझठाना स्थित रत्नशोभा माध्यमीक विद्यालयमा बिहीबार निःशुल्क वृहत स्वास्थ्य शिविर हुने भएको छ । माझठाना पोखरा सम्पर्क समाजको आयोजना, वडा कार्यालय २८ को समन्वयमा र गण्डकी प्रदेश सरकार स्वास्थ्य मन्त्रालय, हिमालय आँखा अस्पताल लगायतका संस्थाहरुको सहयोगमा शिविर हुन लागेकाे हाे ।
शिविरमा वरिष्ठ, पेट छाती तथा मुटु रोग विशेषज्ञ डा.चन्द्रबहादुर पुन, वरिष्ठ मानसिक रोग विशेषज्ञ प्राडा निर्मल लामिछाने, बालरोग विशेषज्ञ डा.गणेश विक, भिडियो एक्सरे डा. पुजन शर्मा लगायतका अनुभवी विशेषज्ञ डाक्टरहरुले परिक्षण गर्ने समाजका अध्यक्ष भोलानाथ ओझाले जानकारी दिए ।
शिविरमा हिमालय आँखा अस्पतालका वरिष्ठ डाक्टरहरु र पैरवी हेल्थ एण्ड डेन्टल केयर सेन्टरका डाक्टरहरु पनि सहभागी हुनेछन् । स्त्री तथा प्रसुति रोग, हाडजोर्नी तथा नशा रोग, सुगर र पि एफ टि चाँजको परिक्षण ए आइ प्रविधिको माध्यमबाट एक्स–रे गरिने र निशुल्क औषधी वितरण गरिने समाजका कार्यसमिति सदस्य एव कार्यक्रम संयोजक तिवारीले जानकारी दिए ।
शिविरलई विजी हस्पिटल एण्ड रिसर्च सेन्टर, भिडियो एक्सरे पुजन शर्मा, पार्कल्याण्ड हस्पिटल, समाजका सल्लाहकार, कार्यसमिति सदस्यहरु, समाजका आजिवन सदस्यहरु लगायतले आर्थिक सहयोग गरेका तिवारीले बताए । उनका अनुसार केही औषधी गण्डकी प्रदेश सरकार स्वास्थ्य मन्त्रालय र पोखरा महानागरपालिका स्वास्थ्य महाशाखाबाट प्राप्त भएकाे छ भने समाजले १ लाख ३० हजार बराबरको औषधी खरीद गरेकाे छ ।
शिविरमा उपस्थित भई स्वास्थ्य लाभ लिन सम्पूर्ण माझठानाबासीलाई ओझाले आग्रह गरे ।









सम्पादकीय—पोखराको ब्रान्ड ‘सडक महोत्सव’
रास्वपा र बालेनबीच पार्टी एकता : रवि सभापति, बालेन भावी प्रधानमन्त्रीको उम्मेदवार
चलचित्र पत्रकार संघ कास्कीको अध्यक्षमा सन्तोष बस्याल सर्वसम्मत
माझठानाका ९ प्रतिभा सम्मानित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया