सहिद दिवसमा सृजना विकासको रक्तदान

समाधान संवाददाता २०८१ माघ १७ गते १९:०७

पोखरा । सहिद दिवस अवसरमा सृजना विकास केन्द्र, पोखराले बुधबार रक्तदान कार्यक्रम गरेको छ । कार्यक्रममा २९ जनाले रक्तदान गरे ।

Advertisement

पोखरा–८ का वडाध्यक्ष रुद्रनाथ बरालले पहिलो रक्तदाता सुशील बिजुक्छेलाई ब्लडब्याग हस्तान्तरण गरेर कार्यक्रम शुभारम्भ गरेका थिए । आयोजन संस्थाका द्वितीय उपाध्यक्षसमेत रहेका बिजुक्छेले योसहित ४६ औंपटक रक्तदान गरेका हुन् ।

प्रमुख अतिथि बरालले रक्तदान पुण्य कार्य भएको बताए । उनले सृजना विकास केन्द्रले स्थापनाकालदेखि नै महत्वपूर्ण सामाजिक कार्यहरु गर्दै आएको स्मरण गर्दै सहिदको सम्झनामा रक्तदान कार्यक्रम राखेकोमा धन्यवाद व्यक्त गरे । कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष तथा सल्लाहकार मीनप्रसाद भट्टराई र सोमनाथ बरालले पनि शुभकामना मन्तव्य राखेका थिए ।

सृजना विकास केन्द्रका कार्यवाहक अध्यक्ष शान्ति शर्माको अध्यक्षतामा भएको सो कार्यक्रममा कार्यक्रम संयोजक संस्थाका सचिव बालकृष्ण बरालले स्वागत र महासचिव चन्द्र गिरीले सञ्चालन गरेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया