लेखापढी कानुन व्यवसायी एसोसिएसनमा मौसम कार्की निर्वाचित

समाधान संवाददाता २०८१ माघ २१ गते ६:३२

Advertisement

पोखरा । नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन इकाई समिति कास्की पोखराको अध्यक्षमा मौसम कार्की निर्वाचित भएका छन् ।

संस्थाको नवौँ अधिवेशनबाट कार्की अध्यक्षमा निर्वाचित भएका हुन् । एसोसिएसनको उपाध्यक्षमा झलकबहादुर कुँवर, सचिव लीला गिरी, कोषाध्यक्ष नरेश तिवारी, सहसचिव सुवाशचन्द्र बास्तोला र सहकोषाध्यक्षमा विष्णुप्रसाद पौडेल निर्वाचित भए ।

Advertisement

एसोसिएसनको नयाँ नेतृत्वका लागि अध्यक्ष, उपाध्यक्ष, कोषाध्यक्ष र सहकोषाध्यक्ष पदमा चुनाव भएको थियो ।

यसैगरी सदस्यहरुमा समिक्षा भुगाईं लामिछाने, रामचन्द्र थापा, सावित्री आले, कृष्णप्रसाद पौडेल, हेमराज बराल, कृष्णप्रसाद दाहाल र सूर्यप्रसाद बस्ताकोटी चयन भए ।

Advertisement

अधिवेशन तथा साधारण सभाको कास्की जिल्ला अदालतका जिल्ला न्यायाधीश चन्द्रकान्त पौडेलले उद्घाटन गरेका थिए । इकाइका अध्यक्ष दयाराम तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा एसोसिएसन केन्द्रीय कार्यसमितिका वरिष्ठ उपाध्यक्ष गोविन्दप्रसाद पोखरेल, केन्द्रीय उपाध्यक्ष तथा गण्डकी प्रदेश संयोजक सरोज देवकोटा ,केन्द्रीय सचिव हरिप्रसाद शर्मा, केन्द्रीय महिला विभाग प्रमुख मायादेवी सोतीलगायतलको उपस्थिति थियो ।

तपाईको प्रतिक्रिया