गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन सुरु, सांकेतिक दोभासेको व्यवस्था

पोखरा । गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन सोमबार सुरु भएको छ । माघ ८ मा बसेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार प्रदेश प्रमुख डिल्लीराज भट्टले बैठक डाकेका हुन् ।
आजको बैठकमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश निजामती सेवा ऐन २०७९ संशोधन गर्न बनेकाे अध्यादेश टेबल गरेका छन् । ऐनले करारमा कर्मचारी राख्न निषेध गरेकामा त्यसलाई फुकाएर अनुकुलका कर्मचारी राख्न अध्यादेश ल्याइएको थियो ।
बैठकको सुरुमा सभामुख कृष्णप्रसाद धितालले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाएका थिए ।
प्रदेश सभा सदस्य विमला गौचनको निधनमा शोक प्रस्ताव पारित गरेर बैठक स्थगित भएको छ । सभामुख धितालले अर्को बैठक माघ ३० गते बस्ने जानकारी गराए ।
प्रदेश सभामा सांकेतिक दोभासे
गण्डकी प्रदेश सभामा सांकेतिक भाषाको दोभासे व्यवस्था गरिएको छ । प्रदेश सभा सदस्य सुनीता थापाको सहजताका लागि सचिवालयले दोभासेको व्यवस्था गरेको हो । त्यसो त यसअघि नै प्रदेश सभामा दोभासे राख्नुपर्ने आजाव उठिरहेकै थियो । प्रदेश सभा सदस्य विमला गौचनको निधनपछि मनोनीत सदस्य थापा श्रवणविहीन भएका कारण उनकै सहजताका लागि प्रदेश सभा सचिवालयले ज्यालादारीमा दोभासे राखेको हो । समानुपातिक सदस्यमा मनोनीत थापा आज पहिलोपटक प्रदेश सभाको बैठकमा उपस्थित भएकी हुन् ।









राजनीतिक एकता : पदको भागबन्डा कि व्यवस्थागत परिवर्तनको अवसर
६ दशकदेखि निरन्तर पढाउँदै रुप सर
विद्यार्थीलाई न्यानो कपडा र स्टेसनरी सहयोग
लेखनाथ जन्मजयन्ती मनाइँदै
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया