कञ्चनको जीवन उपयोगी शिक्षा तालिम

लेखनाथ ।
बालबालिका, स्वास्थ्य र प्रकृतिका लागि ज्ञान तथा वकालत सञ्जाल (कञ्चन) कास्कीले पोखरा महानगरपालिका वडा नम्बर २६ भित्रका सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई जीवन उपयोगी शिक्षा तालिम प्रदान गरेको छ ।
पोखरा महानगरपालिका वडा नम्बर २६ को सहकार्यमा भएको दुई दिने तालिममा वडाका ६ वटा विद्यालयका करिब ४० जना विद्यार्थीहरूको सहभागिता थियो । तालिम उदघाटन गर्दै पोखरा महानगरपालिका वडा नम्बर २६ का अध्यक्ष नरेन्द्र थापाले बालबालिकाको क्षेत्रमा काम गर्दै आएको संस्थाले युवा लक्षित कार्यक्रममार्फत समाजमा सकारात्मक सन्देश दिन सक्नुपर्ने सुझाव दिँदै संस्था र वडाबीच सहकार्यको आवश्यकता औंल्याएका थिए ।
संस्थाका अध्यक्ष अमर पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा जीवन उपयोगी शिक्षाका बारेमा जानकारी गराउँदै आर्थिक व्यवस्थापन, मनोविज्ञान, सामाजिक ज्ञान र सिर्जनात्मक सोचाइलगायतका विषयमा प्रशिक्षण दिइएको थियो । कार्यक्रममा संस्थाका कार्यकारी निर्देशक सागर सुनुवारले कार्यक्रमको उद्देश्य र उपयोगिताका बारेमा जानकारी गराउँदै संस्थाले समाज परिवर्तनका लागि बालबालिकालाई व्यावहारिक र प्रयोगात्मक शिक्षाको आवश्यकताका बारेमा जानकारी गराएका थिए ।
दुई दिनसम्म सञ्चालित तालिममा संस्थाकी सचिव नम्रता कोइराला, सदस्य करुणा गुरुङ, सदस्य सुजन गुरुङ र निसा मल्ल ठकुरीलगायतले सहजीकरण गरेका थिए भने कार्यक्रममा पोखरा विश्वविद्यालयका प्राध्यापक डा. अनन्तराज ढुंगाना, प्राध्यापक गणेश शर्मा, पोखरा महानगरपालिका वडा नम्बर २६ का वडा सचिव लीलामणि भण्डारी र संस्थाका उपाध्यक्ष सुदीप गुरुङलगायतले आ–आफ्नो धारणा राखेका थिए ।









‘डार्क फाइल’ प्रकरणका नाइके राजकुमार तिमल्सिना पोखराबाट पक्राउ
पल्सर स्पोट्र्स अवार्डलाई रारा चाउचाउको साथ
मापसे गरी पोखरा सडक महोत्सवमा उच्छृङ्खल गतिविधि गर्ने १४ जना पक्राउ
अवैध सामानसहितको बस नियन्त्रणमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया