फेवातालमा २५ हजार भुरा छाडियो

पोखरा ।
विश्व सिमसार दिवसको सन्दर्भमा पोखराको फेवातालमा माछाका भुरा छाडिएको छ । पोखरा महानगरपालिका वडा नं ६ को आर्थिक सहयोग र हर्पन फेवा मत्स्य सहकारी संस्थाको आयोजनामा आइतबार तालमा २५ हजार भुरा छाडिएको छ ।
स्थानीय जलारी समुदायको आयआर्जनमा सघाउ पुर्याउँदै फेवातालको पर्यावरणीय सन्तुलन बढाउनका लागि पोखरा महानगरपालिकाको वडा स्तरीय बजेटको १ लाख ५० हजार लागतमा भुरा खरिद गरी तालमा छाडिएको वडा सदस्य बासु बरालले जानकारी दिए । सिल्भर कार्प, बिगहेड, ग्रास कार्प, रहु, र नैनी माछाका भुरा तालमा छाडिएको छ ।
पोखरा ६ का वडाध्यक्ष विष्णुबहादुर भट्टराईले पर्यावरणीय असन्तुलनका साथै फेवाताललाई जीवन्त तुल्याउँदै स्थानीय जलारी समुदायको पेशागत संरक्षण गर्न वडाको तर्फबाट सहयोग गरिएको बताए । हर्पन फेवा मत्स्य सहकारी संस्थाका अध्यक्ष ज्ञानबहादुर जलारीले वडा नम्बर ६ बाट भुरा छोड्ने कामलाई वार्षिक क्यालेन्डरको रुपमा राखेकोमा खुसी लागेको बताइ ।
कार्यक्रममा हर्पन फेवा मत्स्य सहकारी संस्थाका उपाध्यक्ष राजु जलारी, पोखरा महानगर पालिका वडा नं ६का वडा सदस्यहरु पवित्रा थापा, शोभा जलारी लगायतले बोलेका थिए ।
तपाईको प्रतिक्रिया