पोखरामा पहिलो पटक वाडा अटो शो आयोजना हुने

पोखरा । पोखरामा पहिलो पटक वाडा अटो शो आयोजना हुने भएको छ। पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसन (वाडा) को पहलमा आगामी २०८१ चैत १३ देखि १७ सम्म पोखरामा यो अटो शो आयोजना गरिने निर्णय गरिएको हो। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले यसमा मुख्य सल्लाहकारको भूमिका निर्वाह गर्नेछ।
नाडाले संस्थागत सदस्य वाडाका नव निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई स्वागत तथा सम्मान गर्न काठमाण्डौमा कार्यक्रम आयोजना गरेको थियो। सो अवसरमा वाडाका अध्यक्ष दिपेन्द्र कोइरालाले नाडासँग पोखरामा अटो शो आयोजना गर्न औपचारिक रूपमा सहयोगको आग्रह गरेका थिए।
छलफलमा अटो शोको सम्भाव्यता अध्ययन गरी सर्वेक्षण प्रतिवेदनको आधारमा आगामी कार्य अघि बढाउने निर्णय भएको छ। कार्यक्रमका प्रमुख अतिथि नाडाका अध्यक्ष करण चौधरीले वाडाका अध्यक्ष कोइरालालाई शुभकामना स्वरूप सोभेनियर प्रदान गरेका थिए।
नाडाले १९९८ देखि हरेक वर्ष काठमाडौंमा नाडा अटो शो आयोजना गर्दै आएको छ। गत भदौमा भृकुटीमण्डपमा सम्पन्न १६ औं संस्करणको नाडा अटो शो २०२४ पछि नाडाले अन्य प्रदेशहरूमा पनि अटो शो आयोजना गर्न सम्भाव्यता अध्ययन गर्ने जनाएको छ।
कार्यक्रममा नाडातर्फबाट निवर्तमान अध्यक्ष डा. ध्रुव थापा, उपाध्यक्ष राजनबाबु श्रेष्ठ, सचिव विक्रम सिंहानिया, सहकोषाध्यक्ष पंकज अग्रवाल, केन्द्रीय कार्यसमिति सदस्यहरू कपिल शिवाकोटी, मेघराज पौडेल, दिपेन्द्रकुमार मिश्रा, सौरभ थापा, अभिक ज्योति, आमन्त्रित सदस्य अनुपकुमार बराल, नवीन कुमार पारख, नारायणप्रसाद पौडेल, प्रकाश सिग्देल र प्रगुन राजभण्डारी सहभागी थिए।
वाडातर्फबाट वरिष्ठ उपाध्यक्ष शिव श्रेष्ठ, उपाध्यक्ष निरन के.सी., महासचिव विनय थापा, कोषाध्यक्ष अशोक चालिसे, सचिव दिपेन्द्र भण्डारी, कार्यसमिति सदस्यहरू शिव ओम बराल, प्रतिक सुवेदी, हरि तिवारी तथा कार्यालय सचिव गोविन्द पौडेलको उपस्थिति रहेको थियो।










चुनाव आउन ७२ दिन बाँकी : सरकारी तलब खाने र पीआरधारी समानुपातिक उम्मेदवार बन्न अयोग्य
प्रतिभा माविले जित्यो १८औं हिसान कास्की स्पोर्ट्स मिटको उपाधि
पोखराका मुख्य सडकबाट कवाडी र वर्कसप हटाउन ३५ दिने ‘अल्टिमेटम’
गण्डकीका १० निष्क्रिय सहकारीको दर्ता खारेज, दायित्व सञ्चालककै जिम्मामा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया