गण्डकी प्रदेश स्थापना दिवस
संघ र पालिकासँग समन्वय जरुरी

नन्दकला दमै नेपाली
प्रदेशसभा सदस्य नेकपा (एमाले)
प्रदेश संरचना संघीयताको उपज हो । मलाई के लाग्छ भने प्रदेश संरचना शरीरको बिच भागको मेरुदण्ड जस्तै हो । तर, तपाई, हामीले नै नबुझेर यसलाई गलत व्याख्या गरिरहेको पनि पाएका छौं । प्रदेशका कामको विषयमा संघले स्वयत्त अधिकार दिएमा प्रदेशले अझै प्रभावकारी रुपमा कार्यान्वयन गरी जनतालाई बुझाउन सकिन्थ्यो भन्ने मैले महसुस गरेको छु । स्थानीय सरकार भनेको जग हो, त्यसको पिल्लर प्रदेश र ढलान वा छाँनो भनेको संघ हो भनेर मैले बुझेको छु ।
संघ र स्थानीय तहलाई संयोजन गरेर बिचको काम देखाउन प्रदेश सरकार आवश्यक छ । अहिले जति पनि विकासका काम भएका छन्, त्यसमा जनताले प्रदेश सांसदबाट अलि बढी अपेक्षा गरेको मैले महसुस गरेको छु । स्थानीय सरकारले स–साना विकासका योजना आफैंले नीति बनाएर लैजान सक्छ भने संघ नागरिकबाट अलि टाढा छ ।
जनताको पहुँच सिधै संघ सरकारसँग पुग्न नसकेको अवस्थामा प्रदेश सरकारले सहयोगीका रुपमा काम गरिरहेको छ । प्रदेश बोझ भयो भन्ने विषयमा के भन्न चाहान्छु भने हिजो पनि १४ अञ्चल, ७५ जिल्ला थिए । १४ अञ्चल भनेको अहिले ७ प्रदेश हो । तर, स्वयत्त भएर काम गर्न नसकेको र सरकारको अस्थिरताका कारण जनताले सोचेको जस्तो र हामीले पनि सन्तुष्ट हुने तरिकाले काम गर्न नसकेको महसुस भएको भने पक्कै हो ।







आँखाले देख्दैनन् तर खेल्दैछन् विश्व कप
गाँजा खेती वैधानिकीकरण विधेयक गण्डकी प्रदेश सभामा पेस
सिर्जना बहिरा माविमा तालावन्दी
प्रहरी महानिरीक्षकमा दानबहादुर कार्की
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया