गण्डकीका वनमन्त्री पौडेललाई पितृशोक

पोखरा । गण्डकी प्रदेशका वन तथा वातावरण मन्त्री भेषबहादुर पौडेललाई पितृशोक परेको छ। उनका पिता तीलकबहादुर पौडेलको ९८ वर्षमा मंगलबार निधन भएको हो।
लामो समयदेखि श्वासप्रश्वाससम्बन्धी समस्या रहेका तीलकबहादुर आइतबार बिरामी परेपछि लमजुङ सामुदायिक अस्पतालमा भर्ना गरिएको थियो।
स्वास्थ्य अवस्था गम्भीर बनेपछि उनलाई भेन्टिलेटरमा सारिएको थियो। चिकित्सक र परिवारको सल्लाहअनुसार घर ल्याइएका पौडेलको मंगलबार दिउँसो करिब सवा ३ बजे निधन भएको हो।
समाजसेवामा क्रियाशील तीलकबहादुर लमजुङ उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष तथा कांग्रेस जिल्ला कार्यसमिति लमजुङका पूर्व सभापति समेत हुन् । उनको मंगलबारै अन्त्येष्टि गरिएको छ । तीलकबहादुरका २ छोरा र ६ छोरी छन्।
तीलकबहादुरको निधनप्रति गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसहित नेताहरुले दुख व्यक्त गर्दै परिवारजनप्रति समवेदना व्यक्त गरेका छन् ।









पल्सर स्पोट्र्स अवार्डलाई रारा चाउचाउको साथ
मापसे गरी पोखरा सडक महोत्सवमा उच्छृङ्खल गतिविधि गर्ने १४ जना पक्राउ
अवैध सामानसहितको बस नियन्त्रणमा
लिचिबारी जग्गा घोटाला : पूर्वमन्त्री राजकुमार गुप्तालाई थुनामा पठाउन विशेष अदालतको आदेश
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया