कोटिहोमका लागि जम्मा गरेको दाउरा पोखरा महानगरले जफत गर्यो

पोखरा ।
पोखरा महानगरपालिकाले पोखरामा हुने भनिएको कोटिहोमका लागि जम्मा गरिएको दाउरा बुधबार जफत गरेको छ। पोखराका विभिन्न स्थानबाट चौतारा ढालेर र पुराना रुखहरु अवैध ढंगले काटेर जम्मा गरिएको दाउरालाई महानगरले नियन्त्रणमा लिएको हो । कोटी होमका लागि सयौँ वर्ष पुराना चौताराहरु मासेर दाउराका रुपमा प्रयोग गरिएको भन्दै केही स्थानीयले आपत्ति जनाएका छन् ।
पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले वातावरणीय प्रभावको कारण देखाउँदै कोटिहोम गर्न नदिने बताएका छन् । धार्मिक अनुष्ठानले लामो समयसम्म ध्वनि प्रदूषण गर्न सक्ने भएकाले महानगरले अनुमति नदिएको उनले बताए । अघिल्लो पटक कोटी होम गर्दा वातावरणीय असर परेको र प्लेन उड्न समेत समस्या भएको आचार्यकाे भनाइ छ ।
पर्यटकको चहलपहल हुने लेकसाइड क्षेत्रमा होम गर्दा पर्यटनमै असर पर्ने उनको तर्क छ । ‘फेवातालको डिलमा ४ महिनासम्म कोटिहोम लगाउने ठाउँ होइन । स्थानीय तहले अनुमति नदिई त्यस्ता होम हुने कुरा सम्भव छैन,’ उनले भने ।
पोखराको फेवाताल क्षेत्रमा कोटी होम गर्ने तयारी भइरहेको बताइएको छ। आयोजकहरुले धार्मिक महत्व भएका स्थानहरुको पहिचान गराउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागेको बताएका छन्। साथै, निशुल्क रुपमा सहभागिता जनाउने अवसर समेत प्रदान गरिने बताइएको छ ।









‘डार्क फाइल’ प्रकरणका नाइके राजकुमार तिमल्सिना पोखराबाट पक्राउ
पल्सर स्पोट्र्स अवार्डलाई रारा चाउचाउको साथ
मापसे गरी पोखरा सडक महोत्सवमा उच्छृङ्खल गतिविधि गर्ने १४ जना पक्राउ
अवैध सामानसहितको बस नियन्त्रणमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया