मुस्ताङमा कुखुराको २४० किलो मासु नष्ट

समाधान संवाददाता २०८१ माघ २३ गते २०:३८

जोमसोम । मुस्ताङमा आयात गरिएको २४० केजी तयारी कुखुराको मासु नष्ट गरिएको छ । म्याग्दीको बेनीबाट मुस्ताङतर्फ बा.प्र. ०३—००१ च १३२९ नम्बरको पिकअप मार्फत ढुवानी गरी मुस्ताङ लैजाँदै गरेको म्याग्दी र मुस्ताङको सीमाना प्रहरी चौकी घाँसामा जाँच गर्ने क्रममा प्रहरीले मंगलबार नियन्त्रणमा लिएको थियोे । उक्त मासु नष्ट गरिएको छ ।

Advertisement

मकवानपुरको हेटौडादेखि पिकअप गाडीमा लोड गरी लैजाँदै गरेको तयारी ३ सय केजी कुखुराको मासु र ७५ केजी बंगुरको मासु नियमित जाँच गर्ने क्रममा प्रहरीले नियन्त्रणमा लिएको थियो । मुस्ताङका डिएसपी सूर्यबहादुर बोगटीका अनुसार असुरक्षित भण्डार गरी मुस्ताङतर्फ ल्याउँदै गरेको मासु मानव स्वास्थ्यका लागि प्रतिकुल हुने देखिएकाले नियन्त्रणमा लिनुपरेको बताए ।

अस्वस्थयकर मासु ढुवानी भएको आशंकाले प्रहरी चौकी घाँसाले पिकअप सहित नियन्त्रणमा लिएको मासु जिल्ला प्रहरी कार्यालय मुस्ताङमा पठाएको थियो ।

Advertisement

जिल्ला प्रहरी कार्यालय मुस्ताङले नियन्त्रणमा लिएको कुखुरा र बंगुरको मासुलाई बुधबार भेटेनरी परीक्षण गरिएको डिएसपी बोगटीले बताए । भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङका प्रमुख एवं पशु चिकित्सक लालमणि अर्यालले नियन्त्रणमा लिएको मासुको परीक्षण गरेको थिए । परीक्षणमा २४० केजी कुखुराको मासु खान अयोग्य प्रमाणित भएको डिएसपी बोगटीले बताए ।

Advertisement

तपाईको प्रतिक्रिया