अन्नपूर्ण आरोही मौरिस हर्जोगले प्रयोग गरेको आइस एक्स पोखरा ल्याइने

पोखरा । अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयमा अन्नपूर्ण हिमाल आरोहणसँग जोडिएका ऐतिहासिक सामग्री थपिने भएको छ। अन्नपूर्णका प्रथम आरोही मौरिस हर्जोगको स्विटजरल्यान्डमा रहेको आइस एक्स (हिउँ काट्न प्रयोग गरिने ज्याबल) यहाँ ल्याइने पक्का भएको छ।
नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष निमानुरु शेर्पाका अनुसार आगामी ३ जुनमा स्विस म्युजियमबाट मौरिसको आइस एक्स हस्तान्तरण गरिनेछ। सन् १९५० मा हर्जोगले लुइस लाचेनलसँग मिलेर आठ हजार मिटरभन्दा अग्लो पहिलो हिमाल अन्नपूर्णको सफल आरोहण गरेका थिए। पर्वतीय सङ्ग्रहालयमा मौरिसको स्मृतिमा क्लाइम्बिङ वाल निर्माण गर्ने योजना पनि छ।
बुधबार सङ्ग्रहालयको २२ औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुणकुमार चौधरीले इच्छाशक्ति र योजना भए प्रगति सम्भव हुने बताए। “२२ वर्षमा सङ्ग्रहालयले गरेको प्रगति उल्लेखनीय छ। अबको आवश्यकता दुई सय २२ वर्षको योजना बनाउने हो,” उनले भने।
कार्यक्रममा साहित्यकार सरुभक्तले हिमालको अस्तित्व जीवनसँग जोडिएको उल्लेख गर्दै भने, “२२ वर्षअघि उद्घाटन समारोहमा आउँदा हिमालभरि हिउँ थियो, अहिले भने कालापत्थर जस्तो देखिन्छ। हिमाल नहुनु भनेको जीवन नहुनु हो, सृष्टि नहुनु हो।”
केही साताअघि पोखरा आएका मौरिसका छोरा माथियस हर्जोगले आइस एक्स पर्वतीय सङ्ग्रहालयलाई हस्तान्तरण गरिने जानकारी दिएका थिए। अन्नपूर्ण पदमार्गमा यात्रा गरेका उनले भने, “बुवाको ऐतिहासिक आइस एक्स अन्नपूर्ण देखिने सङ्ग्रहालयमै रहनु उपयुक्त हुन्छ।”
मौरिसले अन्नपूर्ण हिमाल आरोहणका अनुभव समेटेर लेखेको पुस्तक ‘अन्नपूर्ण’को नेपाली अनुवाद पनि यही जुनमा सार्वजनिक गरिनेछ।
सङ्ग्रहालयकी कार्यकारी निर्देशक निर्मलाकुमारी न्यौपानेका अनुसार २२ वर्षको अवधिमा २९ लाख १९ हजार पाँच सय ४३ जनाले टिकट काटेर सङ्ग्रहालय अवलोकन गरेका छन्। स्वदेशी तथा विदेशी उच्च पदस्थ करिब दुई लाख व्यक्तिले निःशुल्क भ्रमण गरेको रेकर्ड छ। अहिलेसम्म पाँच लाख त्रिहत्तर हजार विदेशीले यो सङ्ग्रहालय अवलोकन गरिसकेका छन्।









यस्तो छ कांग्रेसको समानुपातिक सूची आयोगमा : अर्जुननरसिंहदेखि राष्ट्रपतिकी छोरीसम्म (सूचीसहित)
ससुराको नाम समानुपातिकमा परेपछि गगनको प्रष्टीकरण: ‘मेरो चाहना र हरसम्भव प्रयास विपरितको निर्णय हो’
गण्डकीबाट रास्वपाको समानुपातिक सूचीमा १० जना समेटिए
निःशुल्क आँखा शिविर स् मोतियाबिन्दुको समस्या उच्च
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया