महेन्द्र तथा चमेरे गुफा समितिमा महेन्द्र

समाधान संवाददाता २०८१ माघ २४ गते २२:२४

पोखरा । पोखराको बाटुलेचौरस्थित विन्ध्यवासिनी माविको संरक्षण, व्यवस्थापन एवं स्वामित्वमा संचालित महेन्द्र तथा चमेरे गुफाको वृहत्तर विकास गर्ने हेतुले विद्यालयको मातहतमा रहने गरी गठित समितिमा महेन्द्र खड्कालाई संयोजक चयन गरिएको छ । समितिमा निवर्तमान संयोजक ईन्द्रप्रसाद सुवेदी, सदस्यमा भरतबहादुर बस्नेत, प्रेम तिमिल्सिना, ओममाया नेपाली, एकराज नेपाली, विनोद पौडेल, मनकला नेपाली, विजय सापकोटा, पदेन सदस्यमा पूर्वसंयोजक गुरुदत्त भट्टराई, गुफा क्षेत्र संरक्षण तथा सामुदायिक विकास संस्था र सदस्य सचिवमा शिशिर पौडेल रहेका छन् ।

Advertisement

समितिको सल्लाहकारमा पूर्वसंयोजक सुवासवावु अधिकारी, गोविन्दबहादुर बस्नेत, यदुनाथ बञ्जरा, समाजसेवी पुष्पराज अधिकारी, केशव बहादुर बस्नेत र प्राविधिक सल्लाहकारमा इन्जिनियर भुवनबहादुर थापा चयन भएका छन् । नवनियुक्त संयोजक खड्कालाई बिहीवार महेन्द्र गुफा÷चमेरे गुफा सचिवालयमा स्वागत गरिएको छ ।

संयोजक खड्का र विन्ध्यवासिनी माविका अध्यक्ष सन्दीप थापालाई समितिका सल्लाहकार पुष्पराज अधिकारीले खादा लगाएर सम्मान सहित स्वागत गरे । कार्यक्रममा संयोजक खड्काले सबै पक्षको सहकार्यबाट गुफा क्षेत्रको वृहत्तर विकासमा समिति क्रियाशील रहने बताए । उनले गुफाका कारण यस क्षेत्रको शैक्षिक, भौतिक र पर्यटकीय विकासमा ठूलो सहयोग पुगेको बताउँदै, यसको थप सौन्दर्यीकरणमा ध्यान केन्द्रित गर्ने स्पष्ट पारे ।

Advertisement

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष थापाले गुफा जोगाउन र यसको संरक्षण गर्न सके मात्र यहाँको विकास र पर्यटकीय सम्भावना बढ्ने बताए । सहभागी सदस्य एवं सल्लाहकारले विद्यालयसँग समन्वय गर्दै अगाडि बढ्दा विद्यालय र गुफा क्षेत्र दुवैको हित हुनेमा जोड दिए । समितिले दुवै गुफाको प्रचार प्रसारका लागि आवश्यक तयारी गर्न सदस्य एकराज नेपालीलाई जिम्मा दिने निर्णय गरेको छ । सो अवसरमा समितिले परिचयका आधारमा पोखरा १६ का वासिन्दालाई निशुल्क प्रवेशको व्यवस्था गर्ने जनाएको छ । समितिले आन्तरिक कार्यलाई व्यवस्थित गर्दै थप पर्यटकमैत्री वातावरण निर्माण गर्न आवश्यक योजना निर्माण गर्ने तयारी गरेको जनाइएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया