५ करोड पर्ने बहुमूल्य ढुंगा दिन्छु भन्दै साडे १३ लाख ठगी, ३ पक्राउ

पोखरा । गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा, जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदाम कास्कीबाट खटिएको प्रहरी टोलीले ठगी सम्बन्धी घटनामा संलग्न तीन जनालाई पक्राउ गरेको छ।
कुन्ती सुब्बा गुरुङले दिएको जाहेरीका आधारमा अनुसन्धान गर्दै जाँदा आरोपितहरूले अन्दाजी मूल्य रु. ५ करोड पर्ने बहुमूल्य ढुङ्गा दिन्छु भनी विभिन्न प्रलोभन देखाई पटक–पटक गरी रु. १३ लाख ५० हजार ठगी गरेको खुल्न आएको प्रहरीले जनाएको छ।
प्रहरीले मिति २०८१ माघ २४ गते साँझ ४:३० बजे पोखरा महानगरपालिका वडा नं. ६, लेकसाइडबाट जिल्ला पर्वत, फलेवास नगरपालिका वडा नं. ५ स्थायी घर भई हाल पोखरा महानगरपालिका वडा नं. १७, छोरेपाटन बस्ने ३१ वर्षीया इन्दिरा बि.क., ३६ वर्षीय राजन बि.क. र जिल्ला खोटाङ, हलेसी नगरपालिका वडा नं. १ स्थायी घर भई बस्ने २७ वर्षीया जुनु भन्ने लक्ष्मी राईलाई पक्राउ गरेको हो।
पक्राउ परेका व्यक्तिहरूको निवासस्थानमा प्रहरीले कानुनी प्रक्रिया अनुरूप खानतलासी गर्दा इन्दिरा बि.क. र राजन बि.क.को कोठाबाट ६ थान सेतो रंगको पारदर्शी ढुङ्गा, १ थान रातो रंगको ढुङ्गा, विभिन्न बैंकका जम्मा रु. ३१ लाख बराबरका ४ थान चेक तथा ४ थान मोबाइल फेला पारेको छ।
यस घटनामा संलग्न व्यक्तिहरूलाई सम्मानित कास्की जिल्ला अदालतबाट ठगी सम्बन्धी मुद्दामा ७ दिनको म्याद थप गरी अनुसन्धान प्रकृया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
प्रहरीका अनुसार, ठगी तथा अवैध क्रियाकलाप नियन्त्रण गर्न आवश्यक अनुसन्धान जारी राखिएको छ।








जेन–जी आन्दोलन: आइजिपी कार्कीसँग बयान, अब ओली र लेखकको पालो
विद्युत् प्राधिकरणमा शाक्यको ‘कमब्याक’, सिलवालको नियुक्ति बदर
कास्की–३ : कांग्रेसको टिकटका लागि २९ जनाको दौडधुप, प्रत्यक्षमा मात्रै १६ आकांक्षी
फागुन २० सम्म १८ वर्ष पुग्नेले मतदान गर्न पाउने, २६ गतेसम्म त्रुटि सच्याउने मौका
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया