नेपाल निजामती कर्मचारी संगठन गण्डकीमा डोलराज दोहोरिए

नेपाल निजामती कर्मचारी संगठन गण्डकीमा डोलराज दोहोरिएपोखरा । नेपाल निजामती कर्मचारी संगठन गण्डकी प्रदेशको अधिवेशनले डोलराज पराजुलीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । शनिबार पोखरामा भएको अधिवेशनबाट उपाध्यक्षमा अमरबहादुर पराजुली र महिला उपाध्यक्षमा सरस्वतीदेवी सिग्देल चयन भएका छन्। महासचिवको जिम्मेवारी विष्णुदेवी पोखरेलले पाउँदा सचिवमा पुष्प खनाल, पराश्वर शर्मा र श्यामकुमार थापा मगर र कोषाध्यक्षमा गणेशबहादुर कार्की निर्वाचित भएका छन् ।
यसैगरी, सदस्यहरूमा ख्यामकुमारी राना, रिता पौडेल शर्मा, विष्णु पौडेल पोखरेल पूर्णबहादु भोलान, विराज विश्वकर्मा, सुनिल थापा, धनबहादुर कुँवर, देवेन्द्र गौतम , भोलानाथ आचार्य, रोशन लामिछाने, शोभाकान्त पोखरेल, मदन सुवेदी, प्रविण भण्डारी चयन भए ।
कार्यसमितिसँगै लेखा परीक्षण आयोग पनि गठन गरिएको छ । जसको संयोजकमा रुद्रसिंह ठकुरी र सदस्यमा अम्विकाप्रसाद गौतम र सुदीप पुन चयन भएका छन् ।
नयाँ कार्यसमितिले निजामती कर्मचारीहरूको हकहित संरक्षण, समस्या समाधान, र संगठनलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।









लजी लन्ड्री लाउन्ज सञ्चालनमा
पोखरा सडक महोत्सवमा मिथिला संस्कृति झल्कने
एमाले नेता गौतमले उपमहासचिव पदको उम्मेदवारी फिर्ता गरे
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया