बगैँचा टोल विकासद्वारा गुरुकुल विद्याश्रमलाई सहयोग

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ६ मा अवस्थित बगैँचा टोल विकास संस्थाले पोखरा महानगरपालिका वडा नम्बर २३ स्थित सिद्ध बराह तपोवन सन्यास तथा गुरुकुल विद्याश्रममा अध्ययन गर्ने बटुकहरूलाई आइतबार माघ २७ गते भीम द्वादशी तिथि पारेर छात्रहरूलाई भोजन गराएको छ ।
विद्याश्रममा अध्ययनरत १५ जनालाई खाना सहित नगद रु. २४ हजार सहयोग गरेका हुन् । कार्यक्रममा सिद्ध बराह तपोवन सन्यास आश्रमका तथा सिद्ध बराह ज्येष्ठ नागरिक मिनल केन्द्रका उपाध्यक्ष भेषराज पराजुली र गुरुकुल विद्याश्रमका प्रधानाध्यापक हरिलाल पौडेल लगायतले संस्थालाई धन्यवाद दिँदै, आगामी दिनहरूमा पनि सहयोगी हात बढाउन आग्रह गरेका थिए । पोखरा महानगरपालिका वडा नं. ६ का सदस्य वासु बरालले संस्थाको कार्यप्रति प्रशंसा व्यक्त गरे ।
टोल विकास संस्थाका अध्यक्ष मीना ढकालले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रम गर्ने गरिएकोमा यस वर्ष माघ महिनाको अवसर पारेर गुरुकुलका बटुकहरूलाई सहयोग गर्न पाएको खुसी व्यक्त गरिन् ।
सचिव रेणु लामिछानेले सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई आगामी वर्ष समेत निरन्तरता दिइने जानकारी गराइन् । संस्थाका सल्लाहकार नेत्रलाल भण्डारीले संस्थाले वडा नम्बर ६ मा सक्रिय रहेर टोलवासीहरूको हितका लागि कार्य गरेको बताए । कार्यक्रममा टोल विकास संस्थाका सदस्यहरूको उपस्थिति थियो ।









पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
राष्ट्रियसभा निर्वाचन : पोखरामा स्थापना भयो निर्वाचन अधिकृतको कार्यालय
म्याग्दीमा यस वर्ष सुन्तला उत्पादन घट्यो
कागतीले बजार नपाउँदा बागलुङका किसान समस्यामा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया