रुखको हाँगाले लागेर तनहुँमा १ जनाको मृत्यु   

समाधान संवाददाता २०८१ माघ २७ गते १८:५०
सांकेतिक तस्बिर

तनहुँ । जिल्लाको व्यास नगरपालिका–१० स्थित नयाँगाउँ निवासी ५१ वर्षीय हीराबहादुर थापाको रुखको हाँगा लागेर मृत्यु भएको छ । घर नजिकै दाउरा काट्ने क्रममा रुखको हाँगाले लागेर घाइते भएका थापाको दमौलीस्थित रत्नहरि मेमोरियल अस्पतालमा आज उपचारका क्रममा मृत्यु भएको हो ।    
    
 मृतकको शव आफन्जनलाई जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए । उक्त घटनाका विषयमा थप अनुसन्धान भइरहेको उनले बताए ।

Advertisement

तपाईको प्रतिक्रिया