विप्लवका नेता/कार्यकर्तासँग भेटिएका सामानः ६ थान पेस्तोल, ३६ थान मोबाइल, सी चिनफिङसहितका पुस्तक

समाधान संवाददाता, दाङ
जिल्ला प्रहरी कार्यालय दाङले राजपुरको जंगल क्षेत्रबाट विप्लवका दाइसहित नेता पक्राउ पर्दा बरामद भएका हात हतियार र नगद रकमबारे जानकारी गराएको छ ।
विप्लवका सहोदर दाजुसहित २१ जना नेता कार्यकर्ता पक्राउ पर्दा उनीहरुको साथबाट २ थान अमेरिकन पेस्तोल र ४ थान कटुवा पेस्तोल बरामद भएको जिल्ला प्रहरी प्रमुख जनक भट्टराईले जानकारी दिए । २/२ राउन्ड गोली लोड गरिएको मेडइन यूएसए लेखिएका दुई थान पेस्तोल, कटुवा पेस्तोल ४ थान र ३०३ राइफलको गोली ५ राउन्ड बरामद भएको एसपी भट्टराईले बताए ।
त्यस्तै सुतली बम एक थान र ३ लाख ८४ हजार ५ सय ३० रुपैयाँ नगद, ३६ थान मोबाइल बरामद भएको प्रहरीले जानकारी दिएको छ ।
केन्द्रीय कमिटीको आठौं पूर्ण बैठकको राजनीतिक महत्वपूर्ण प्रस्ताव लेखिएको दस्तावेज समेत बरामद भएको जिल्ला प्रहरी प्रबक्ता विनोद विक्रम शाहले बताए ।
त्यसैगरी दिपराज शेरपाईली नाममा ग्लोवल आईएमी बैंकको २ थान चेक तथा तिलकबहादुर गुरुङ र दिपराज शेरपाईलीको संयुक्त नाममा ग्लोबल आइएमइ बैंकको चेक २ थान बरामद भएको प्रहरीले जनाएको छ ।
आर्थिक सहयोग लेखिएको ३० थान लेटर प्याड, नेकपाको छाप १ थान, विप्लव राजनीतिक दर्शनका किताव १३ थान, विभिन्न डायरीहरु १६ थान र २१ थान झोला बरामद भएको प्रहरीले बताएको छ ।
पक्राउ परेका सबै नेता कार्यकर्ता विरुद्ध दाङ प्रहरीले संगठित अपराध तथा राज्य विरुद्धको अपराधमा मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरिएको प्रबक्ता शाहले जानकारी दिए ।







जेन–जी आन्दोलनमा तोडफोड र लुटपाट गर्ने ४ जना पक्राउ
आन्दोलनका बेला प्रहरी कार्यालयबाटै मोटरसाइकल चोरी गर्ने २ जना पक्राउ
क्रिकेट विकासमा नेपथ्यको साथ
प्रदेशसभा बैठक सोमबार, मुख्यमन्त्रीले संवोधन गर्ने, गाँजा विधेयक पेस हुने
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया