बेसी झरेका मुस्ताङीलाई लक्ष्य गरी पोखरामा पूर्ण स्वास्थ्यका लागि स्वजागरण कार्यक्रम

जोमसोम । हिउँदयामको जाडो छल्न बेसी झरेका मुस्ताङीलाई लक्षित गरी पोखरामा ‘पूर्ण स्वास्थ्यका लागि स्वजागरण’ कार्यक्रम भएको छ। जीवन विज्ञान तथा आध्यात्मिक चिन्तनमूलक प्रवचनात्मक वाणी समेटिएको उक्त कार्यक्रम ‘पूर्ण स्वास्थ्यका लागि स्वजागरण एवं सुख, शान्ति र समृद्धिका लागि स्वजागरण’ शीर्षकमा कर्मचारी मिलन केन्द्र, मुस्ताङले आयोजना गरेको हो।
जिल्ला प्रशासन कार्यालय, मुस्ताङको समन्वय तथा जीवन विज्ञान प्रतिष्ठान, काठमाडौंको सहकार्यमा पोखरास्थित विन्ध्यवासिनी सभाहलमा सोमबार कार्यक्रम गरिएको हो।
पोखरामा आयोजित उक्त कार्यक्रममा विन्ध्यवासिनी धार्मिक विकास समितिले पनि सहकार्य गरेको थियो। करिब २ सयभन्दा बढी बेसी झरेका मुस्ताङीको उत्साहजनक सहभागिता रहेको कार्यक्रममा श्रद्धेय गुरुदेव भानु शर्माले पूर्ण स्वास्थ्य तथा सुख, शान्ति र समृद्धिका लागि शरीरका सबै अंग स्वस्थ हुनुपर्ने बताए। उनले मानव शरीरमा रहेका सूक्ष्म ऊर्जाका सातवटा केन्द्रको चर्चा गर्दै पूर्ण स्वास्थ्यका लागि तिनको सन्तुलन आवश्यक रहेको बताए।
गुरुदेव शर्माले मानिसको स्वास्थ्य स्थिर रहन शारीरिक र मानसिक स्वास्थ्य मजबुत हुनुपर्ने उल्लेख गर्दै रोग लाग्न नदिई निरोगी रहनु नै असली स्वास्थ्य भएको बताए। ‘जबसम्म शरीरका सबै अंग क्रियाशील रहँदैनन्, तबसम्म मानिसको स्वास्थ्य सही रूपमा चल्दैन,’ उनले भने, ‘यसका लागि मानसिक र शारीरिक ऊर्जाले मात्र स्वजागरण पैदा गर्छ।’
कार्यक्रममा अर्का श्रद्धेय गुरुदेव रमेशले पनि पूर्ण स्वास्थ्यका लागि स्वजागरणसम्बन्धी प्रस्तुतीकरण गरेका थिए।
यसअघि, कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्दै मुस्ताङबाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य विकल शेरचनले मुस्ताङीलाई लक्षित गरी यस्ता कार्यक्रम आयोजना गरिनु स्वागतयोग्य भएको बताए। ‘सुख, शान्ति र आध्यात्मिक चिन्तनका लागि यस्ता कार्यक्रमले मार्गनिर्देशन गर्छन्,’ उनले भने। गुरुदेवहरूको महावाणीले जीवनमा सकारात्मक परिवर्तन ल्याउन मद्दत गर्ने विश्वास उनले व्यक्त गरे।
कार्यक्रममा मुस्ताङबाट पोखरा झरेका जनप्रतिनिधि, विभिन्न कार्यालय तथा विद्यालयका शिक्षक, कर्मचारी, विद्यार्थी र स्थानीय नागरिकको उपस्थिति रहेको थियो।









चलचित्र पत्रकार संघ कास्कीको अध्यक्षमा सन्तोष बस्याल सर्वसम्मत
माझठानाका ९ प्रतिभा सम्मानित
नेतृत्व र सांस्कृतिक ज्ञान लिँदै मिस तामाङका प्रतिस्पर्धी
पोखरा सडक महोत्सवको सांगीतिक उत्सव : लेकाली र देउराली पनि गुञ्जिने
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया