तमु साँस्कृतिकको वार्षिकोत्सवमा स्रष्टा सम्मान

पोखरा ।
तमु साँस्कृतिक प्रतिष्ठानले २४ औं वार्षिकोत्सवका अवसरमा स्रष्टा सम्मान गर्ने भएको छ । माघ ३० गते हुने वार्षिकोत्सवमा गुरुङ समुदायको विभिन्न क्षेत्रमा योगदान दिने व्याक्तित्वाई सम्मान गर्न लागिएको सोमबार पोखरामा पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो ।
प्रतिष्ठानले गिरीप्रसाद तमुद्वारा स्थापित पार्वता तमु स्मृति पुरस्कारबाट चलचित्रकर्मी माओत्से गुरुङलाई सम्मान गर्न लागिएको प्रतिष्ठानका अध्यक्ष चित्रबहादुर तमुले जानकारी दिए । उक्त पुरस्कारको राशि नगद १० हजार रुपैयाँ रहेको छ । क्या. मीनबहादुर तमु (डाँफे बुढा) द्वारा स्थापित २५ हजार रुपैयाँ राशिको संस्कृति पुरस्कारबाट संस्कृतिकर्मी कर्णबहादुर तमु सम्मानित हुने भएका छन् । उच्च शिक्षा अवार्डबाट सम्राट तमु नगद २० हजार रुपैयाँसहित सम्मानित हुने अध्यक्ष तमुले बताए ।
कार्यक्रममा हिमाल तमुद्वारा स्थापित लालशोभा उत्कृष्ट आमा अवार्डबाट लमजुङकी तसकुमारी तमु सम्मानित हुने भएको प्रतिष्ठानका सहसचिव भेषबहादुर तमुले जानकारी दिए । उनी लम्जुङ, क्होलासोंथर भुजुङ, त्रिभुवन माबिबाट कक्षा १२ मा ३.५५ जिपिए प्राप्त विद्यार्थी चित्रकासीका आमा हुन् । उनलाई नगद २० हजार रुपैयाँसहित सम्मान गरिने सहसचिव तमुले बताए । कार्यक्रममा शिक्षा, साहित्य एवं समाजसेवाबाट एकेन्द्र तमु, सामाजिक सेवाबाट सूर्य र हरि तमुलाई विशेष सम्मान गरिनेछ ।
प्रतिष्ठानले शिक्षा, सँस्कृति क्षेत्रमा विभिन्न कार्यक्रम गर्दै आएको अध्यक्ष तमुले जानकारी दिए । प्रतिष्ठानले कार्यक्रमलाई विस्तार गर्दै ग्रामीण भेगका सरकारी विद्यालयमा अध्ययनरत गरिव तथा जेहेन्दार तमु विदार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्दै आइरहेकोमा ४ सय ४८ जना विद्यार्थीहरु लाभान्वित भइसकेका छन् । अहिले १ सय ८७ जनाले छात्रवृत्ति पाइरहेका छन् ।







निर्वाचन ६९ दिन बाँकी : प्रतिनिधिसभा चुनावमा क–कसलाई लाग्छ आचारसंहिता ?
पोखरामा रनिङ शिल्ड र मेयर कपको चटारो: पदक जित्न विद्यार्थीबिच तीव्र प्रतिष्पर्धा
पोखराको सुन्तला ब्रान्डिङ गर्न हर्राबोटमा महोत्सव, किसानलाई प्रतिकिलो १० रुपैयाँ अनुदान
महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमराज चालिसे
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया