बहु प्रतिभाशाली सविता

रवीन्द्र माकाजु २०८१ माघ २९ गते १४:२८

सविता शेरचन पोखरामा एक लगनशील, निष्ठावान्, कर्मशील नारी पात्रका रूपमा परिचित छिन् । संघर्ष, चुनौती र विध्न, बाधा आत्मसात गर्दै एकोहोरो सफलता हात पारेकी सविताको जन्म सन् १९७५ मा हङकङमा भएको थियो । जगतबहादुर तुलाचन र मनकुमारीकी छोरी सविताले बुटवलको क्रान्ति बोर्डिङ स्कुलबाट एसएलसी पास गरेपछि पोखरामा मनोज शेरचनसँग वैवाहिक सम्बन्धमा बाधिईन् ।

Advertisement


बिहे भए पनि उच्च शिक्षा प्राप्तिका लागि कन्या क्याम्पसको पहिलो ब्याचमा भर्ना भईन् । त्यसपछि अमेरिकाबाट डिप्लोमा पास गरेर जापान पुगिन् । जापानमा १० वर्ष बसेर आफ्नै जन्मस्थल पोखरा आई जापानी भाषा पढाउन थालिन् । जापानी भाषा कसरी पढाउने अवसर जुट्यो भन्ने प्रश्नमा सविता भन्छिन्–‘म शारीरिक व्यायाम गर्ने क्रममा नदीपुर स्थित रत्नश्री जिम जान्थेँ ।

त्यहाँ मेरो भेट विक्रम उदाससँग भयो । त्यहाँ उनले मलाई जापानीज भाषा पढाउन आग्रह गरे । त्यस बेला जापान सरकारले जापानिज भाषा र संस्कृति सिकाउने हेतुले जापानी भाषा संस्कृति केन्द्र खोलेको रहेछ । पछि महेन्द्रपुल चिप्लेढुंगामा शाखा विस्तार भयो । अनिल सुनार सर र मैले त्यहाँ जापानी भाषा पढाउन थाल्यो । त्यहाँ ५/६ वर्ष पढाएपछि मलाई आफ्नै भाषा स्कुल खोल्न मन लाग्यो ।

कुशल फेसन डिजाइनर सविताले पोखरामा पहिलोपटक बुटिक सेन्टर पनि खोलेकी थिइन् ।


अहिले म यही आइतासु जापानी भाषा तथा शैक्षिक परामर्श केन्द्रलाई संस्थातिर व्यवस्थित गर्ने आतुर छु । हामीले यहाँ विद्यार्थीलाई जापानी भाषा मात्र नपढाई आत्मनिर्भर बनाउने र व्यवसायिक शिक्षा प्रदान गर्ने कार्य गरेका छौँ । हजारौँ विद्यार्थीलाई जापानिज भाषा पढेकाले अहिले जापानमा आफ्नै व्यवसाय गर्न सफल भएका छन् । कोही त्यहाँका कार्यालयमा कार्यरत छन् । हामीले काउन्सेलिङ गरेको युवाले बेला बखत अझ विशेष गरी गुरुपूर्णिमामा सम्झेको देखेर म हर्षले विभोर हुने गर्छु । तर सरकारले भाषा र रोजगारीको नीति स्पष्ट पार्न नसकेकोमा मलाई कहिलेकाही दुःख लाग्छ ।

Advertisement


सविता बेला बखत जापानमा टिचर ट्रेनिङका लागि जाने गरेकी छिन् । अहिले उनको भाषा तथा शैक्षिक परामर्श केन्द्रमा पढ्न आउनेको संख्या बाक्लो छ । बिहान उनलाई भ्याइनभ्याइ हुन्छ । उनी मित्रराष्ट्र जापानलाई राम्रो सुअवसर भएको सुरक्षित देशका रूपमा लिने गर्छिन् । जापानमा कामको, व्यक्तिको कुशल व्यवहारको उचित मूल्यांकन हुन्छ । देशमा अन्योल छाउँदा, अन्योल हुँदा गन्तव्य नदेखेर भौतारिएको रहेको युवा वर्गलाई भाषा पढाएर काउन्सिल गरेर रोजगारी पाइरहेको देख्दा सविताको मन हर्षले छचल्किन्छ ।


सविताले जापानमा बस्दा रेकी, हाइकु पनि लेखेकी थिइन् । एक कुशल फेसन डिजाइनर पनि हुन् सविता । उनले पोखरामा पहिलोपटक बुटिक सेन्टर पनि खोलेकी थिइन् । यस लगनशीलता र निष्ठाले उनलाई सफलता मात्र दिलाएन एक आदर्श पात्रका रूपमा पनि उभ्याएको छ । नेपाल सरकार उद्योग मन्त्रालयबाट सम्मानित सवितालाई यस कार्यले हौस्याएको छ ।

रवीन्द्र माकाजु

(माकाजु स्वतन्त्र लेखक हुन् )

तपाईको प्रतिक्रिया