नयाँबजारमा एफडी मोटर्स

पोखरा ।
एफडी मोटर्सको नयाँ शोरुम पोखराको नयाँबजार पिके टावरमा खुलेको छ । एफडी मोर्टसको नेपालका लागि आधिकारिक बिक्रेता ग्रन्थ इलेक्ट्रिक भेहिकल प्रालिले आफ्नो पाँचौ तथा पोखराका लागि पहिलो सोरुम सोमबारबाट सञ्चालनमा ल्याएको हो ।
नेपाली बजारमा उत्कृष्ट इलेक्ट्रिक स्कुटर बनेको एफडीका ग्राहकले अब पोखरैबाट सहज रुपमा सेवा पाउने छन् । पोखराका ग्राहकले काठमाडौँ सोरुमबाट स्कुटर खरिद गरिरहेको र ग्राहकलाई सहजै उपलब्ध हुने गरी पोखरामा सोरुम विस्तार गरिएको कम्पनीका सिइओ सुजन ढुंगेलले जानकारी दिए ।
एफफाइभ ए प्रो मोडलका स्कुटर सोरुमबाट बिक्री सुरु भइसकेको छ । नयाँ सोरुम सञ्चालनमा आएको अवसरमा कम्पनीले ग्राहकका लागि अफर दिएको छ । २ घन्टामा फुल चार्ज गर्ने फास्ट चार्जर सित्तैमा दिइएको छ ।
कम्पनीले १५ दिनका लागि दिएको अफरमा १ वर्षका लागि सडक कर र इन्सुरेन्सको समेत ग्राहकले सुविधा पाउने छन् । नेपालको बाटो र उकाली–ओरालीमैत्री स्कुटर भएकाले यो स्कुटर अब्बल रहेको कम्पनीले दावी गरेको छ । स्कुटरमा एलएफपी ब्याट्री, साइड ड्राइभ मोटर, क्यान क्नट्रोलर, २०० एमएम ग्राउन्ड क्लियरेनस, ब्रेक रिजेनेरेटिङ फिचर यसमा उपलब्ध छ ।
स्पोर्टी डिजाइन बनेको एफफाइभ ए प्रो मोडलको स्कुटरमा साइड ड्राइभ ३ के मोटर, १२० किलोमिटर रेन्ज छ । ब्याट्रीमा २००० साइकल हुन्छ । दैनिक फुल चार्ज गर्दा पनि यो भनेको ५ वर्षभन्दा बढी समय टिक्छ । एफडी मोटर्स ब्रान्डका विद्युतीय स्कुटर किन्न चाहने ग्राहकलाई सरल र सहज रूपमा क्रेडिट कार्डमार्फत शून्य प्रतिशत ब्याजदरमा ३ लाखसम्म डाउन पेमेन्ट बिना नै कर्जा उपल्ब्ध गराउने कम्पनीले जनाएको छ ।
तपाईको प्रतिक्रिया