सहायकस्तर कर्मचारीको सेवाकालीन तालिम सम्पन्न

पोखरा ।
गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको आयोजनामा पुस २२ गते देखि संघ प्रदेश र स्थानीय तहमा कार्यरत सहायकस्तर कर्मचारिहरुका लागि सञ्चालित ३० कार्यदिने सेवाकालीन तालिमको समापन एवम् दिक्षान्त बिहीबार भएको छ ।
प्रतिष्ठानका कार्यकारी निर्देशक ऋषिराम पाण्डेकोको अध्यक्षतामा आयोजित दीक्षान्त समारोहमा गण्डकी प्रदेश सरकारका मुख्यमन्त्रि सुरेन्द्रराज पाण्डेको प्रमुख आथित्यता रहेको थियो । कार्यक्रममा गण्डकी प्रदेश सरकारका प्रमुख सचिव रघुराम विष्ट विशिष्ट अतिथिका रुपमा सहभागी भएका थिए । तालिममा संघ प्रदेश र स्थानीय तहमा कार्यरत नायब सुब्बा/ सहायकस्तर पाँचौं तहका ३० जना र खरिदार÷समयकस्तर चौंथो तहका ३० जना गरी जम्मा ६० जना कर्मचारीहरुको सहभागिता थियो ।
दीक्षान्त कार्यक्रममा मन्तव्य राख्दै गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अग्र पंङ्तिमा कार्य गर्ने कर्मचारिहरुको व्यवहारले सरकारको मुहार झल्किने हुदा सकरात्मक सोच राखी उच्च मनोबलका साथ ऐन कानुनको अधिनमा रहि कार्य गर्न कर्मचारीहरुलाई निर्देशन दिएका थिए । उनले प्रशिक्षार्थीहरुको तालिम पूर्वको कार्यसम्पादन स्तर र तालिम पश्चात आगामी दिनको कार्यसम्पादनको स्तरमा परिवर्तन आउनुपर्ने धारणा राखेका थिए । समारोहमा बोल्दै प्रदेश सरकारका प्रमुख सचिव रघुराम विष्टले सेवाप्रवाहमा अल्झन नल्याई मुस्कान सहितको सेवा प्रवाह गर्न तालिमबाट दीक्षित कर्मचारीहरुलाई निर्देशन दिएका थिए ।

प्रतिष्ठानका कार्यकारी निर्देशक ऋषिराम पाण्डेले ३० कार्यदिने सेवाकालिन तालिमको सारसंक्षेप प्रस्तुत गर्दै प्रतिष्ठानले स्थापना कालदेखिनै प्रदेश र स्थानीय तहका जनप्रतिनिध र कर्मचारीको क्षमता विकास, प्रदेश र स्थानीय तहको शासकीय क्षमता अभिवृद्धि र संघ, प्रदेश र स्थानीय तहबीचको अन्तरसम्बन्धलाई बलियो बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको धारणा राखेका थिए ।
समापन समारोहमा मुख्यमन्त्रL सुरेन्द्रराज पाण्डेले दीक्षित कर्मचारिहरुलाई प्रमाण पत्र वितरण गरेका थिए । सहायकस्तरका कर्मचारीको यो आठौं व्याचको सेवाकालीन तालिम हो ।
जम्मा १० वटा मोड्यूलमा आधारित पाठ्यक्रम बमोजिम ३० कार्यदिन सम्म तालिम सञ्चालन गरिएको थियो । प्रतिष्ठानका प्रशासकीय अधिकृत प्रज्वल आचार्यले कार्यक्रमको सञ्चालन गरेका थिए ।
प्रतिष्ठानले कार्यसम्पादनमा आधारित प्रशिक्षण, समस्या केन्द्रित अध्ययन तथा अनुसन्धान, सवाल मकेन्द्रित सम्बाद र ज्ञान व्यवस्थापनका क्षेत्रमा कार्य गर्दै आइरहेको छ । प्रतिष्ठानले स्थापनाको छोटो अवधिमानै सहायक र अधिकृतस्तरका ६४० जना कर्मचारीलाई यस्तो किसिकमो सेवाकालीन तालिम प्रदान गरिसकेको छ । कर्मचारीको बढुवका लागि समेत यस्तो किसिमको तालिम आवश्यक पर्दछ ।









टाइगर कप भलिबल ९ माघदेखि : ३ देशका ४ क्लब भिड्दै, विजेतालाई ६ लाख ६६ हजार
कांग्रेसको नयाँ परिपत्र : क्रियाशील सदस्यता वितरण सहज र व्यापक बनाउन निर्देशन
कोरियाली राजदूत र पोखराका मेयरबीच भेट : पर्यटन प्रवर्द्धन र विकास आयोजनामा सहकार्य
कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया