सांसद पार्वत काठमाडौं जिल्ला अदालतमा उपस्थित
समाधान संवाददाता
२०७६ कार्तिक ३ गते १५:१२

समाधान संवाददाता, काठमाडाैं
दोलखाका वीरध्वज खड्काको ज्यान मार्ने कोसिस गरेको अभियोग लागेका नेपाल कम्युनिष्ट पार्टीका सांसद पार्वत गुरुङ काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका छन् ।
आइतबार उनी अदालतमा उपस्थित भएको र उनको बयान सुरू भएको जिल्ला अदालत काठमाडौंका श्रेष्तेदार आनन्द श्रेष्ठले बताए ।
२०४६ जेठमा काठमाडौंको चाबहीलमा खड्कालाई गुरूङ्गसहितको समूहले आक्रमण गरेको भन्दै सरकारी वकिल कार्यालयले गएको वैशाखमा उनी विरूद्ध मुद्दा दायर गरेको थियो ।
प्रहरीले गुरूङ फरार रहेकाले अदालतबाटै पक्राउ पूर्जी ल्याउन माग गरेको थियो । अदालतले जारी गरेको उपस्थित हुन आउने म्याद सहितको पक्राउ पुर्जी असोज ८ गते सांसद गुरूङले बुझेका थिए ।
सम्बन्धित









शिवशक्ति क्याम्पस व्यवस्थापन समितिमा दोहोरिए टुबराज
२० जना जिल्ला न्यायाधीशका लागि सिफारिस
भिजिट भिसा प्रकरणमा मुछिएका उपसचिव तिवारीको पर्वतमा सरुवा
२१ औं लेखनाथ महोत्सव सम्पन्न: ११ करोड २० लाखको कारोबार, ३ लाख ३५ हजार दर्शक
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया