कास्की जिल्ला अदालतले गर्यो : मानव बेचबिखनका आरोपित चिनियाँ नागरिकलाई दोषी ठहर

पोखरा ।
आर्थिक प्रलोभन देखाई १४ वर्षीया बालिकालाई बन्धक बनाई मानव बेचबिखनका आरोपित ३ जनालाई जिल्ला अदालत कास्कीले दोषी ठहर गरेको छ ।
लमजुङ घर भई पोखरा महानगरपालिका १६ बस्ने २२ वर्षीया सरु बिक, ३४ वर्षीया भगवती अधिकारी र ३१ वर्षीय चिनियाँ नागरिक जि मिङ चेनलाई मानव बेचबिखन तथा ओसारपसार अभियोगमा नभई बाल विवाह गराएको भन्दै जिल्ला अदालतले दोषी ठहर गरेको हो । यद्यपि तीनै जना विरुद्ध सरकारी वकिलको कार्यालयले मानव बेचबिखनको आरोपमा मुद्दा दर्ता गराएको थियो ।
माघ २९ गते न्यायाधीश चन्द्रकान्त पौडेलको चिनियाँ नागरिक चेनलाई अन्य दुई जनालाई ९ महिना कैद हुने फैसला गरेको अदालतका सूचना अधिकारी सुरज अधिकारीले बताए ।
साउन २९ गते प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो । प्रहरी अनुसन्धान अनुसार विक र अधिकारीले आर्थिक लाभ लिई बालिकालाई चिनियाँ नागरिक चेनसँग विवाह गराइदिएका थिए । पीडित बालिकाले दिएको उजुरीमा साउन १३ गते दुई महिलाले आफूलाई फकाएर पोखराको विन्ध्यवासिनी मन्दिरमा विवाह गराएको जाहेरी दिएकी थिइन् । विवाहपछि उनीहरू लेकसाइडस्थित एक होटलमा गएका थिए । तर, सोही रात बालिका भागेर काठमाडौँ पुगेकी थिइन् ।
बालिकाले साउन २९ गते मात्र उजुरी दिएकी थिइन् । प्रहरीले अनुसन्धानका क्रममा अभियुक्त विक र अधिकारीले चिनियाँ नागरिक चेनसँग आर्थिक लाभ लिई बालिकासँग विवाह गराइदिएको प्रमाण फेला परेको हो । चेन ९० दिने भिजिट भिसामा नेपाल आएका थिए । मानव तस्कर गर्ने उद्देश्यले विवाह गरेको भन्दै जिल्ला अदालतले मुद्दा बालबिवाहको कसुरमा दोषी ठहर गरेको हो ।
सरकारी वकिलको कार्यालयले ०८१ भदौ २३ गते उनीहरूमाथि मुद्दा दर्ता गरेको थियो । भदौ २५ गते न्यायाधीश कृष्णजंग शाहको इजलासले तीनै जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । माघ २९ गते भने फैसला गर्दै दोषी ठहर गरेको हो । अदालतको आदेशअनुसार उनीहरूलाई कारागारमा राखी कानुनी प्रक्रिया अघि बढाइने जनाइएको छ ।









पोखरा महोत्सव पुस २९ गतेदेखि हुने
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
राष्ट्रियसभा निर्वाचन : पोखरामा स्थापना भयो निर्वाचन अधिकृतको कार्यालय
म्याग्दीमा यस वर्ष सुन्तला उत्पादन घट्यो
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया