मुख्य न्यायाधिवक्ता कार्यालयले गरेको कार्यक्रममा ५५ युनिट रगत संकलन

पोखरा । मुख्य न्यायाधिवक्ताको कार्यालय गण्डकी प्रदेशले बिहीबार पोखरामा गरेको रक्तदानमा ५५ युनिट रगत संकलन भएको छ । म्याग्दी पोखरा सम्पर्क समाजको व्यवस्थापनमा भएको कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्तसञ्चार केन्द्रले प्राविधिक सहयोग गरेको थियो ।
कार्यक्रम उद्घाटन गर्दै गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री बिन्दुकुमार थापाले रगत मानवजीवनको सबैभन्दा महत्वपूर्ण वस्तु भएको बताए । यसैको महत्वलाई बुझेर प्रदेशभर रगत निशुल्क पाउने व्यवस्था गण्डकी प्रदेश सरकारले गरेको बताए । बिरामी र आफन्तले रगतका लागि रकम तिर्नु नपरे पनि परीक्षणमा लाग्ने शुल्क तिर्नुप्थ्र्यो । त्यहि शुल्क प्रदेश सरकारले बेहोर्दै आएको छ ।
नेपाल रेडक्रस सोसाइटी गण्डकी प्रदेशका अध्यक्ष सूर्यप्रसाद ढकालले रगतको व्यवस्थापन जटिल कार्य भए पनि मानवीय सेवालाई ख्याल गर्दै रेडक्रसले लामो समयदेखि यसमा काम गर्दै आएको भनाइ राखे ।
गण्डकीका मुख्य न्यायाधिवक्ता चिरञ्जीवी शर्मा पौडेलले छोटो समय र सूचनाका आधारमा पनि यति धेरै सहभागी भएर रगतदान गरेकामा धन्यवाद् व्यक्त गरे । कार्यालयको सामाजिक उत्तरदायित्व अन्तर्गत कार्यक्रम आयोजना गरिएको उनको भनाइ थियो ।
कार्यक्रममा म्याग्दी पोखरा सम्पर्क समाजका अध्यक्ष क्याप्टेन रवीन्द्र गर्बुजा पुनले स्वागत गरेका थिए । मुख्य न्यायाधिवक्ताको निवास माटेपानीमा भएको कार्यक्रममा रक्तदानमा सुरक्षाकर्मी, सरकारी कर्मचारी, स्थानीय बासिन्दा, स्थानीय आमा समूहको उल्लेख्य सहभागिता रहेको उपन्यायाधिवक्ता लालप्रसाद लामिछानेले जानकारी दिए ।








जेन–जी आन्दोलन: आइजिपी कार्कीसँग बयान, अब ओली र लेखकको पालो
विद्युत् प्राधिकरणमा शाक्यको ‘कमब्याक’, सिलवालको नियुक्ति बदर
कास्की–३ : कांग्रेसको टिकटका लागि २९ जनाको दौडधुप, प्रत्यक्षमा मात्रै १६ आकांक्षी
फागुन २० सम्म १८ वर्ष पुग्नेले मतदान गर्न पाउने, २६ गतेसम्म त्रुटि सच्याउने मौका
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया