स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकनमा पोखरा महानगर देशमै उत्कृष्ट
समाधान संवाददाता
२०८१ फागुन २ गते १६:३४

पोखरा ।
पोखरा महानगरपालिका देशभरका महानगरपालिकाहरुको स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (लिजा) मा उत्कृष्ट बन्न सफल भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०–८१ को कार्यसम्पादन मूल्यांकनमा पाेखरा उत्कृष्ट बन्न सफल भएको हो ।
९३.५ प्रतिशत अंक सहित पोखरा पहिलो भएको हो । काठमाडाैं महानगरपालिका ८२.७५ प्रतिशत अंक सहित दाेस्राे स्थानमा छ ।
महानगर कार्यपालिका, प्रमुख प्रशासकीय अधिकृत तथा सम्पूर्ण कर्मचारीको प्रयासले सफलता हासिल गरेको पोखराका मेयर धनराज आचार्यले बताए । उनले कर्मचारी, नागरिक तथा सरोकारवालालाई धन्यवाद व्यक्त गरेका छन् ।
कार्यसम्पादन मूल्यांकनमा महानगरपालिकाको सेवा प्रवाह, पारदर्शिता, दिगोपन कार्यहरुका आधारमा मूल्यांकन गरिएको थियो ।
सम्बन्धित









म्याग्दीमा यस वर्ष सुन्तला उत्पादन घट्यो
कागतीले बजार नपाउँदा बागलुङका किसान समस्यामा
धौलागिरि अस्पतालमा नर्सिङ पढाइको तयारी
पोखरामा हस्तकला तथा गार्मेन्ट मेला
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया