नक्कली नोट छाप्ने उपकरणसहित ३ पक्राउ

समाधान संवाददाता, काठमाडाैं
प्रहरीले नक्कली नोट छाप्ने उपकरणसहित तीन जनालाई सोमबार बिहान राजधानीबाट पक्राउ गरेको छ ।
महानगरीय प्रहरी वृत्त बौद्धको टोलीले गोकर्णेश्वर नगरपालिका-६ नयाँबस्तीबाट उपकरण, केही नक्कली नोटसहित तीन जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा दोलखा मेलुङ्गा नगरपालिका-७ घर भई गोकर्णेश्वर- ६ बस्ने २६ वर्षीय राजन परियार, ३५ वर्षीय सन्तोष नेपाली र २१ वर्षीय महेन्द्र नेपाली छन् ।
वृत्तका प्रहरी निरीक्षक प्रदीप पौडेलका अनुसार उनीहरूको साथबाट एक हजारको ३४ थान नक्कली नोट बरामद भएका छन् । पैसा बनाउने ठूलो कागज १४२ थान, सानो १४९ थान बरामद भएको छ ।
यस्तै, रंगीन मेसिन, सिपियु, मनिटर, हिटर, क्यामरा, कैंची, गम लगायत बरामद भएको पौडेलले जानकारी दिए ।
उनीहरूले आफू बस्ने गरेको घरमा उपकरण राखेर नक्कली नोट छाप्ने गरेको पौडेलले जानकारी दिए ।
प्रारम्भिक अनुसन्धान अनुसार उनीहरूले दसैंमा ४० हजार रुपैयाँ नक्कली नोट बजारमा पुर्याइसकेको खुलेको छ ।
उनीहरू बस्ने घरको तेस्रो तलामा नोट छाप्ने कारखाना नै तयार पारेको पौडेलले जानकारी दिए ।
नक्कली नोट छाप्ने गरेको गोप्य सूचना पाएपछि वृत्तको टोलीले सोमबार बिहान छापा मारेको थियो ।









गण्डकीका १० निष्क्रिय सहकारीको दर्ता खारेज, दायित्व सञ्चालककै जिम्मामा
तीन दशकपछि पोखरामा गुञ्जिनेछ एक्स नेपथ्यको आवाज
सिङ्दीमा २८ जनाको मोतिबिन्दुको निशुल्क शल्यक्रिया
स्याङ्जा आरुचौर एकता समाजको अध्यक्षमा पौडेल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया