सरकार असफल बन्दै गयो : राप्रपा नेता पञ्चराम गुरुङ

पोखरा । गण्डकी प्रदेश सभामा राप्रपा संसदीय दलका नेता पञ्चराम गुरुङले सरकार असफल बन्दै गएको आरोप लगाएका छन् । शुक्रबार प्रदेश सभा बैठकमा बोल्दै गुरुङले लामो समयपछि अधिवेशन सुरु नभएकाले कतिपय सांसदहरूको अनुहारसमेत बिर्सन लागेको भन्दै व्यंग्य गरे । उनले भने, ‘हिउँदे अधिवेशन ढिलो सुरु भयो, कतिपय माननीयज्यूहरूको अनुहार पनि बिर्सन लागेको जस्तो लागेको छ ।’
सरकार जनताको अपेक्षा पूरा गर्न असफल भइरहेको बताउँदै उनले दुई ठूला दलको सहकार्यबाट बनेको सरकार बलियो भए पनि त्यस अनुरूप काम गर्न नसकेको गुनासो गरे । ‘हामी प्रतिपक्षमा बसेर सरकारको कामलाई समर्थन वा विरोध गरिरहेका छौँ, तर सरकार आफैँ अल्झिएको छ,’ उनले भने । गुरुङले सरकारप्रति आक्रोश पोख्दै जनताको आवाज उठाउने प्रदेशसभा नै सरकारले बन्धक बनाएको आरोप लगाए । ‘जनताका समस्यामाथि खुलेर छलफल हुनुपर्ने स्थानमा सरकारले संसदलाई निष्क्रिय बनाउने प्रयास गरिरहेको छ ।’








शिवशक्ति क्याम्पस व्यवस्थापन समितिमा दोहोरिए टुबराज
२० जना जिल्ला न्यायाधीशका लागि सिफारिस
भिजिट भिसा प्रकरणमा मुछिएका उपसचिव तिवारीको पर्वतमा सरुवा
२१ औं लेखनाथ महोत्सव सम्पन्न: ११ करोड २० लाखको कारोबार, ३ लाख ३५ हजार दर्शक
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया